बिएल संवाददाता
नेपाली कांग्रेस कोशी प्रदेशका सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आज साँझ ७ बजेतिर सुरुंगामा आक्रमण भएको छ।
प्रहरीले आक्रमणमा संलग्न दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबै जना नेपाल विद्युत प्राधिकरणका कर्मचारी रहेको बुझिएको छ।नेपाल प्रेस युनियन झापाले दोमुखामा आज दिउँसो आयोजना गरेको वार्षिक साधारणसभामा थापा प्रमुख अतिथि थिए।
कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा सुरुंगाको जुकेकल्भर्ट नजिक एउटा समूहले सुरक्षामा खटिएका पीएसओ समेतसँग विवाद गर्दै पूर्वमुख्यमन्त्री थापामाथि हातपात गरेको थियो।
आँखा र अनुहारमा चोट लागेपछि उनलाई तत्कालै विर्तामोडको विर्तासिटी अस्पतालमा उपचारका लागि पुर्याइएको थियो।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पूर्वमुख्यमन्त्री थापामाथि हातपात गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्रेको र उनीहरु नेपाल विद्युत प्राधिकरणको कर्मचारी रहेको पुष्टि गरे।
पूर्वमुख्यमन्त्री थापा बा१झ ६५३ नम्बरको गाडी चढेर निवास फर्किदै थिए । उनलाई आक्रमण गर्ने कर्मचारीहरु प्राधिकरणको बा१झ १८७० नम्बरको गाडीमा चढेका थिए।
प्राधिकरणको गाडीसँग थापा सवार गाडीले अगाडि बढ्न साइड माग्ने क्रममा सुरुमा पीएसओसँग विवाद भएको थियो। त्यही विवाद बढ्दै जाँदा कर्मचारीले थापामाथि हात हालेका थिए।
उपचारपछि थापा आफ्नो निवास फर्किएका थिए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया