बिएल संवाददाता
भरतपुर महानगरपालिका-२३ का महिलालाई विवाहलगायतका उत्सवमा का सामग्री लिन र सिङ्गारिन नारायणगढ पुग्नुपर्ने बाध्यता थियो। अब भने त्यो बाध्यताको अन्त्य भएको छ। उनीहरु आफैँ शृङ्गारका सामान बनाउन सक्षम भएका छन्।
वडा कार्यालयले उनीहरुका लागि एक महिनाको तालिम प्रदान गरेपछि विवाहमा दुलहा र दुलहीका लागि चाहिने सबै सामग्री आफैँ तयार गर्न सक्ने भएका हुन्।
भरतपुर २३ जगतपुरकी जुना बुर्लाकोटीले बिहेका लागि आवश्यक सबै शृङ्गारका सामग्री आफैँ तयार गर्न सक्ने भएको बताइन्। 'शृङ्गारका सामग्रीमा ठूलो रकम खर्च हुन्छ। मेकअप गर्दा त थुप्रै पैैसा लिन्छन्', उनले भनिन्, 'यति जानेपछि आफ्नो बिहेमा बजार जानुपर्दैन।'
सोही वडा घैलाघारीकी अप्सरा तामाङ श्रेष्ठले तालिमले बेरोजगार महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुगेको बताइन्। 'हामीले घुम्टो, क्राउन, बेल्ट, ब्याग (झोला), माला, चुरा, चप्पल, जुत्तालगायतका सामग्री बनाउन २५ दिनमा सिकेका छौँ', उनले भनिन्, 'अब विवाह भयो भने महिला दिदीबहिनी बजार जान पर्दैन सबै सामग्री उत्पादन गर्न सक्छौँ।'
वडा कार्यालयले भूमिका टेक्निकल सर्भिस प्रालिको प्राविधिक सहयोगमा उनीहरुलाई तालिम प्रदान गरेको हो। बिहेमा दुलहा र दुलहीलाई आवश्यक पर्ने शिरदेखि पाउसम्मका सामग्री बनाउन सिकाएको प्रशिक्षक प्रतिज्ञा पौडेलले जानकारी दिइन्।
यहाँका ३६ जना महिलाले तालिम लिएका छन्। तालिमबाट महिलालाई उद्यमशील बनाउने प्रयत्न गरिएको वडाध्यक्ष दीपक दवाडीले बताए। 'महिलाहरु शृङ्गारसँग जोडिएका धेरै वस्तु प्रयोग गर्न सक्छन्। बेहुली सिङ्गारेको मात्रै २५ हजार रुपैयाँसम्म लिएको पाइन्छ,' उनले भनिन्, 'त्यो पैसा वडामै राखौँ भन्ने उद्देश्यले गाउँमा उद्यमशिलता तालिम प्रदान गरेका हौँ।'
युवायुवतीलाई लक्षित गर्दै वडाले सेनिटरी प्याड बनाउने तालिम, च्याउखेती, केराका थम्बाबाट रेसा निकालेर हस्तकलाका सामग्री बनाउनेलगायतका तालिम प्रदान गर्दै आएको वडाध्यक्ष दवाडीले बताए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया