बिएल संवाददाता
समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ। आज (बिहीबार) बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगवती चौधरीको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने कार्य अगाडि बढाएको हो।
उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली समेत खटाएको छ।
बैठकले परिषद्लाई थप व्यवस्थित गर्नका निम्ति डिजिटलाइजेशनमा लैजाने प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ। मन्त्री चौधरीको पहलमा परिषद्को कामकारबाही थप व्यवस्थित गर्न डिजिटलाइजेनशमा लैजान यसअघि परिषद्लाई निर्देशन दिएका थिए।
साथै बैठकले परिषद्का पदाधिकारीहरूको कार्य विभाजनसमेत परिवर्तन गरेको छ। जसअनुसार अध्यक्ष र सदस्यसचिवमा निहित अधिकारहरू उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यहरूलाई अधिकार प्रत्यायोजन गर्न प्रक्रिया अगाडि बढाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया