शुक्रबार, १९ सेप्टेम्बर २०२५

बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो

सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

सेताम्ये देखिने हिमालमा कालापत्थर देखियो, पुसमै फुल्यो लालीगुराँस

केही वर्षअघिसम्म हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह नपाएको भेरी नगरपालिका–२ तिमिलेका ९२ वर्षीय कर्णबहादुर वलीले बताए। उनले केही वर्षयतादेखि हिमालमा हिउँ पनि देखिन छोडेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

बागमती प्रदेशबाट तीन सय ४७ ले मतदान गर्ने

प्रदेश निर्वाचन कार्यालय मकवानपुरले बागमती प्रदेश (क्लस्टर) मा चार पदको निर्वाचनका लागि कुल तीन सय ४७ मतदाताको सूची सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वार्ताकै माध्यमबाट समस्याको समाधान खोज्न आग्रह

सर्लाहीको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शन र विवादका क्रममा जयशङ्कर शाहको मृत्यु भएकोे घटनालाई लिएर आयोगले प्रदर्शरक्त पक्षलाई वार्ता र सम्वादको माध्यमबाट समाधान खोज्न अनुरोध गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चार सयजना ज्येष्ठ नागरिकलाई कम्बल

वडामा बसोबास गर्दै आउनुभएका चार सयजना ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कम्बल वितरण गरिएको वडाअध्यक्ष माहेताब खाँले जानकारी दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - कृष्णनगर

जलविद्युत्सँगै विकासको गतिमा ग्रामीण बस्ती

सिभिल ठेकेदार जयप्रकाश एशोसियट्सले बाँध, सुरुङ र विद्युत्गृह निर्माणको कामलाई एकैसाथ तीव्रता दिएको आयोजनाले जनाएको छ। सरकारी तबरबाट राहुघाट निर्माण शुरु भएपछि म्याग्दीमा निजी क्षेत्रका जलविद्युत् आयोजना भित्रिएका थिए। निजी क्षेत्रका जलविद्युत् आयोजना भित्र्याउने र आकर्षित भएकाले राहुघाट जलविद्युत् आयोजनालाई म्याग्दीको विद्युत् विकासको गेटवे मानिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

बागलुङको पाँच पालिका भाडाकै घरबाट सञ्चाल

निसीखोला, बडिगाड, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाको आफ्नै भवन  छ।  ती  मध्ये केही पालिकाले अघिल्लो कार्यकालमै भवन बनाएर सेवा दिन सुरु गरेका थिए भने बडिगाड गत वर्ष आफ्नो भवनमा सरेको थियो। जैमिन, ढोरपाटन र गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणाधीन अवस्थामा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

अलैँचीको भाउ तेब्बर बढ्यो, किसान खुसी

अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन्। ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ।  ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ’, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भनिन्, ‘कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो।’ 

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

घरमै सुत्केरी भए कालो टीका !

गर्भवती र सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका विषयमा बुझेको आमा समूहले नौलो अभियान चलाएको छ। यी गाउँमा अहिले घरमा सुत्केरी हुन पाइँदैन। कसैले अटेरी गरे परिवर्तनशील स्वास्थ्य आमा समूह सुत्केरीकै घरमा पुग्छ र कालो टीका लगाइदिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

राेकिनएन ध्रुर्वे हात्तीको आतंक, भत्काइदियो चार घर 

चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ। सो हात्तीले बिहीबार  बस्तीमा पसेर चार घर भत्काइदियो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुर्वे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

ढकिया बुन्न सिक्दै थारु महिला

पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन। ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ। तर कला–संस्कृतिको धनी थारु समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

पोखरा विश्वविद्यालय र गोरखपुर विश्वविद्यालयबीच सम्झौता

पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, ढुङ्गेपाटन, कास्कीमा आयोजित कार्यक्रममा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुर, उत्तरप्रदेश, भारतका उपकुलपति प्रा पुनम टण्डनले हस्ताक्षर गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालन

 हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकामा नेपाल दूरसञ्चार प्रणालीको ‘फोरजी’ सेवा सञ्चालनमा आएको छ। वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको ताँजकोट गाउँपालिकाको दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - सिमकोट

भरतपुर–देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको तयारी

देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनमा आउन लागेको हो। विसं २०७१ कात्तिकमा ठेक्का सम्झौता भई निर्माणकार्य सुरु गरिएको पुल निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य ढिला हुनपुगेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

कर्णालीको कटानले बस्तीमा उच्च जोखिम

कर्णाली नदीका कारण कैलालीको टीकापुर नगरपालिकाका उच्च जोखिममा परेको छ। टीकापुर –७ मा पर्ने सत्ती कर्णाली सामुदायिक वनमा नदी तटबन्ध छोडेर करिब २० मिटर कटान गरेपछि टीकापुर–७, ८ र ९ का सबै स्थानीय प्रभावित हुने देखिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

युवालाई गाउँमै रोजगारी दिन ‘श्रम बैङ्क’

बागलुङको ताराखोला गाउँपालिकाले युवालाई गाउँमै रोजगारी दिन  ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ। अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मङ्गलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैङ्कको कार्य शुभारम्भ गरियो। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

सात महिने गर्भवतीले भनिन्- मलाई बलात्कार गरे, श्रीमानलाई पिटेर जेलमा हाले

सात महिने गर्भवतीसमेत रहेकी पूर्णिमाले स्थानीय पुरुषले पुस १० गते राति करिब साढे एक बजेको समयमा आफू सुतिरहेको कोठामा पसेर जबर्जस्तीकरण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

'सल्यान संकल्प' सार्वजनिक गर्दै सकियो जनतासँग माओवादी विशेष रुपान्तरण अभियान

'सल्यान संकल्प' नामक पार्टीको मुखपत्र सार्वजनिक गर्दै सकियो जनतासँग माओवादी विशेष रुपान्तरण अभियान। नेपालको १०० पर्यटकीय गन्तव्यमा सुचिकृत भएको कुपिण्डे ताल परिसरमा 'सल्यान संकल्प' सार्वजनिक गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सल्यान

गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन

गाउँ कार्यपालिकाको आजको बैठकले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाइएको भन्दै निर्माणाधीन संरचना भत्काएर फेरि काम गर्न निर्देशन दिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ