शुक्रबार, १९ सेप्टेम्बर २०२५

रोगले अदुवा सखाप, विकल्प खोज्दै किसान

अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो। तर रोगका कारण किसानले अदुवा खेती गर्न छोड्दै गएका माइजोगमाई गाउँपालिका-३ का किसान मिलन खड्काले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

कस्तो छ आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भू-भामा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेत्र ज्योति संघलाई दुई करोडको जग्गा निःशुल्क

पूर्वाधारको अभावमा भाडा तिरेर सेवा दिइरहेको सङ्घलाई मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति रोका र याममाया रोकाले जग्गादान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - गलेश्वर

इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ। गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ। ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष तीन दशमलव दुई मेट्रिक टन उत्पादन भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै

लामो समयसम्मको खडेरीका कारण जिल्लामै गहुँ, जाैँ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको शैल्यशिखर नगरपालिका–६ का किसान शिवसिंह धामीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - खलङ्गा

कर्णालीका सात जिल्लामा टाइफाइडविरुद्ध खोप अभियान

कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। पाँच जिल्लामा टाइफाइडविरुद्धको तथा भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा टाइफाइडसहित दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भेरीगङ्गा

बाँकेमा ७१ वटा सीमा स्तम्भको मर्मत

बाँकेस्थित नेपाल–भारत सीमानामा पर्ने ७१ वटा सीमा स्तम्भको मर्मत–सम्भार गरिएको छ। बाँकेमा नेपाल–भारत सीमा स्तम्भ ३११ वटा छन्। ती सीमा स्तम्भमध्ये ७१ वटा मर्मत गरिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

‘सङ्घीयताबिना देश अगाडि बढ्न सक्दैन’

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ सिंहपुरबमा आज आयोजित प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको साधारणसभा तथा मिडिया सम्मेलनमा उहाँले सङ्घीय सरकारले सङ्घीयताको मर्मअनुसार कार्य गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

लोप हुँदै दुर्लभ पन्छी हुचिल

गाउँघरतिर नै बास बस्ने गरेको हुचिलको बासस्थानमा समेत मानिसले अतिक्रमण गर्न थालेको, अवैध शिकारसमेत हुने गरेको र आहारा अभाव हुन थालेकाले हुचिल लोप हुँदै गएको चौदण्डी गढी नगरपालिका सिद्धीपुरका धनबहादुर पुलामीमगरले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

देशको राष्ट्रिय अखण्डता अक्षुण्ण राखौँ : प्रधानसेनापति

राष्ट्रिय सेवा दलबाट प्रशिक्षित पूर्वविद्यार्थीको संस्था ‘एनसिसी एल्मुनाइ एशोसिएसन नेपाल’को छैटौँ वार्षिकोत्सवका अवसरमा आज ‘युवासँग प्रधानसेनापति’ कार्यक्रम आयोजना गरियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला

तत्कालीन गोर्खाली सेनाले विशाल नेपाल निर्माणको अभियानलाई पश्चिमतिर विस्तार गर्ने क्रममा अङ्ग्रेज शासकलाई पराजित गरेर यो किल्ला आफ्नो कब्जामा लिएका थिए। त्यति बेला गोर्खाली सेनाले कुमाउ गडवालतर्फ आक्रमण गर्ने क्रममा सुरुवातमा यो किल्ला कब्जामा लिएर विजयको यात्रा तय गरेको इतिहास जानकार बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - भारत

राजनीतिसँगै व्यावसायिक माछापालनमा रमाउँदै अध्यक्ष गुरुङ

धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेको ‘धार्चे रेन्वे ट्राउट एण्ड अग्र्यानिक होम’ सञ्चालन गर्दै आएका अध्यक्ष गुरुङले दिनहुँ पालिकाको सम्पूर्ण जिम्मेवारी पूरा गरेर बाँकी बिहान–बेलुकीको अधिकांश समय त्यहीँ फार्ममा बिताउँछन्। त्यसैबाट हुने आम्दानीले आफ्नो र सिङ्गो परिवारको जीविकोपार्जन राम्रोसँग चल्दै आएको उनी बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

उत्खनन हुँदै जाँदा तटबन्ध गरेर काम छैनः मन्त्री बस्नेत

राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरीया सिँचाइ आयोजनाको आज स्थलगत अनुगमनका क्रममा उनले कर्णाली नदी नियन्त्रणका लागि भएको तटबन्ध कमजोर हुनुको कारण नदीजन्य पदार्थको उत्खनन रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - भजनी

नोभेम्बरमा १,४१९ नेपालीले काटे अमेरिकी पर्यटक भिसाको खड्गो ?

नेपालीका लागि अमेरिकी भिसा पाउँनु फलामको च्युरा चपाएजस्तै हो । हरेक महिना थोरै संख्यामा मात्र नेपालीले अमेरिकी भिसा पाउँछन् । नोभेम्बर महिनामा काठमाडौस्थित अमेरिकी दूताबासबाट पर्यटक भिसा पाउँने नेपालीको संख्या एकहजार चारसय १९ मात्र रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौैं

नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै

यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन्। बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ। यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

परम्परा रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व: प्रधानमन्त्री

२०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा एक शुभकामना व्यक्त गर्दै उनले ज्यापु समुदायको जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरू, कला, कौशलले उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा पुर्‍याएको योगदान महत्त्वपूर्ण एवं प्रशंसनीय रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विकासले गति लिँदैछ दुर्गम गाउँमा 

चालु आर्थिक वर्षमा यस वडामा रू सात करोड ३३ लाख ६४ हजारको योजना कार्यान्वयनको चरणमा रहेको छ। पच्चिस वटा योजनाका लागि काठेखोला गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत गरी उक्त बजेटको योजना कार्यान्वयनको चरणमा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

गाउँमा थपिँदै विकासका पूर्वाधार, रित्तिँदै बस्ती

विदेशबाट रेमिट्यान्स आउँछ तर काठमाडौँ, पोखराजस्ता सहरमा घरघडेरीका लागि जान्छ। गाउँको जमिनमा लगानी गर्ने, उत्पादन र बिक्री गर्नेतर्फ कसैको ध्यान नजाँदा कतिपय उर्वर जमिन पाखोमा परिणत भएको छ। थोरै जमिनमा गरिएको खेतीले नै यहाँका स्थानीयलाई पुगेपछि अरु जमिन बाँझै छोडिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

जुम्लाको तातोपानीका जेष्ठनागरिकलाई ग्याँस–चुलो

जुम्लाको तातोपानी गाउँपालिकाले विपन्न जेष्ठ नागरिकलाई ग्याँस–चुलो वितरण गरेको छ। आफन्तको सहाराविहीन वडा नम्बर २ का चार जना जेष्ठ नागरिकलाई ग्याँस–चुलो वितरण गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

घाँस काट्न गएका सासू–बुहारी मृत फेला

नवलपरासी पूर्वमा घाँस काट्न जंगल गएका सासू–बुहारी मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा विनयीत्रिवेणी गाउँपालिका– १ की ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल रहेको प्रहरीले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी पूर्व