बिएल संवाददाता
नीता अम्बानीलाई अहिले कुनैपनि पहिचानको जरुरी छैन। उनलाई नचिन्ने सायदै छन्। उनी समाजसेवीका साथै विभिन्न संस्थाहरूमा दान पनि दिने गरेकी छन्। त्यसैल पनि उनी चर्चित छिन्।
सन् १९८५ सालमा उनले मुकेश अम्बानीसँग विवाह गरेकी थिइन्। तर त्योबेला र अहिले उनीहरूको जीवनमा धेरै परिवर्तन भएको छ।
नीता र मुकेश चर्चित जोडी हुन्। नीताले मुकेशलाई पाइलैपिछे साथ दिएकी थिइन्।
आफ्नो व्यक्तिगत जीवनदेखि व्यापार व्यवसायमा समेत नीताले मुकेशलाई साथ दिएकी छन्। उनीहरूले धेरै संघर्ष गरिसकेपछि एउटा सन्तानको जन्म भएको थियो। तर उनीहरूले कहिलेपनि एकअर्कोको साथ छोडेनन्।
अहिले नीतालाई कुनै चिजको कमी छैन। तर कुनैबेला यस्तो पनि थियो उनी गरिब थिइन्।
के काम गर्थिन् नीता?
नीता दलाल मध्य परिवारमा जन्मिएकी थिइन्। उनले स्नातक तहसम्मको पढाइ गरेकी थिइन्। तर उनको लगाव भने नृत्यमा थियो। त्यहीकारण उनले सानै उमेरदेखि भरतनाट्यम सिक्न सुरु गरिन्।
उनको पिता आदित्य बिरला ग्रुप (अहिले कुमार मंगलम बिरला)को सिनियर प्रबन्धको पदमा थिए। उनले नीतालाई डान्समा करिअर बनाउन प्रेरित गरे।
नीता ६ वर्षको उमेरदेखि नै भारतनाट्यम सिक्न थालेकी थिइन्। उनी ठुलो भएर पनि डान्स शिक्षक बनिन्।
उनले एउटा सानो स्मूलमा डान्स टिचर बनेर काम गरेकी थिइन्। त्यतिबेला उनको तलब ८०० रुपैयाँ थियो।
अम्बानी परिवारकी बुहारी बनेपछि नीताको सबैभन्दा ठुलो प्रोजेक्ट जामनगर टाउनशिप प्रोजेक्ट मानिन्छ।
जहाँ १९९७ मा नीताले मौजुद रिलायन्स रिफायनरीको कर्मचारीको लागि हाउरिङ्ग प्रोजेक्ट सुरु गरेकी थिइन्। त्यसपछि २०१० पछि रिलायन्स फाउण्डेशनको काममा जोडिइन्।
अहिले के गर्दैछिन् नीता?
नीता अहिले विभिन्न संघसंस्थाहरूको प्रमुख बनेकी छन्। उनी एक आर्ट कलेक्टर पनि हुन्। उनले करोडौंको पेन्टिङ र मूर्तिहरू पनि कलेक्ट गरेकी छिन्।
यसका साथै नीता अम्बानीसँग आइपीएलको टिम पनि छ। जसको नाम मुम्बई इन्डियन्स हो। उनले सबै जिम्मेवारी सम्हालेकी छन्। अहिले उनी आफ्नो शानदार जीन्दगी जिइरहेकी छन्।

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया