बिएल संवाददाता
चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छन्।
उनले इलामका ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरेकी हुन्। ध्रुव पेशाले ब्रिटिस लाहुरे रहेको बुझिएको छ। यी दुईको विवाह शुक्रबार हुँदैछ।
काठमाडौं गोकर्णेश्वरको हिमाली घर रेस्ट्रों रिसोर्टमा विवाह समारोह राखिएको छ। परिवार, आफन्त र सीमित साथीभाइको उपस्थितिमा विवाह हुन लागेको बुझिएको छ।
सामाजिक सञ्जालमा राईले इन्गेजमेन्ट गरेको भिडियो तथा तस्बिरहरू हाल्दै उनका फ्यान, शुभचिन्तक तथा कलाकारहरूले शुभकामना दिइरहेका छन्।
युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु’सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट छन्। मेलिना राईका ‘पिरेम नलाउनी’, ‘बैंसै बेइमानी’, ‘नाच फिरिरी’ गीत पनि लोकप्रिय छन्।
उनी रियालिटी शो 'द भ्वाइस अफ नेपाल सिजन ६' को कोच पनि हुन। उक्त रियालिटी शो पनि भोलि शुक्रबारदेखि प्रसारण हुँदैछ।
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया