बिएल संवाददाता
जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको इलिमिनेटर खेलमा चितवन राइनोज काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको छ।
काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दाेस्राे क्वालिफायरमा स्थान सुरक्षित गरेको हो। चितवनले अब दाेस्राे क्वालिफायरमा भाेलि सुदूरपश्चिम राेयल्ससँग खेल्नेछ। काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ।
चितवनले दिएको २०५ रनको विशाल लक्ष्य पछ्याएकाे काठमाडौं निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रनमा समेटियो।
काठमाडौंका लागि विल बसिस्टाेले सर्वाधिक ३७ रन बनाए पनि जितका लागि पर्याप्त भएन।
बलिङमा चितवनका रिजन ढकालले ४ र उसामा मिरले ३ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनाएको थियो।
चितवनका लागि कामिल मिशाराले शतकीय पारी खेल्दै १२० रनमा अविजित रहे। यस्तै कप्तान रवी बाेपराले ५३ रन जाेडे।
बलिङमा काठमाडौंका करण केसी र राशिद खानले २/२ विकेट लिए।
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया