बिएल संवाददाता
जोर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।
दशरथ रंगशालामा आज भएको खेलमा झापाले आफ्नो पाँचौँ खेलमा एएफसी बुटवल लुम्बिनीलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।
सान्चेजले खेलको पहिलो हाफको ३९ औँ मिनेटमा गरेको एक गोल नै झापाका लागि निर्णायक गोल सावित भयो। अन्जन विष्टको पासमा सान्चेजले गोल गरेका हुन्। यो जितसँगै झापाले पाँच अङ्क जोडेको छ।
यसअघि भएका चार खेलमा झापाले तीन बराबरी तथा एक खेलमा हार ब्यहोरेको थियो। त्यस्तै, प्रतियोगितामा ६ खेल खेलेको बुटवलको ७ अङ्क बटुलेको छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया