बिएल संवाददाता
कञ्चनपुरको बेलौरी नगरपालिका–९ का १८ वर्षीय अनुश रानाको हत्या आरोपमा सोही वडाका अध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका छन्।
अन्य पक्राउ पर्नेमा सोही वडाका सुकदेव राना, भंगी राना, सुरज राना, दुक्खो राना र अनिरुद्र राना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीकाअनुसार उनीहरुविरुद्ध किटानी जाहेरी परेपछि आइतबार पक्राउ गरिएको हो।
उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरेर अनुमति लिएको छ।
अनुश राना गाएको कात्तिक २४ गते गाउँनजिकै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। उति वेला उनको आत्महत्या भएको हुन सक्ने भन्दै सोहीअनुरूप मृतक परिवारले कसैविरुद्धमा उजुरी दिएको थिएन।
गत माघमा मृतक परिवारले वडाध्यक्षसहितका युवकविरुद्धमा किटानी जाहेरी दिएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया