बिएल संवाददाता
कञ्चनपुरको बेलौरी नगरपालिका–९ का १८ वर्षीय अनुश रानाको हत्या आरोपमा सोही वडाका अध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका छन्।
अन्य पक्राउ पर्नेमा सोही वडाका सुकदेव राना, भंगी राना, सुरज राना, दुक्खो राना र अनिरुद्र राना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीकाअनुसार उनीहरुविरुद्ध किटानी जाहेरी परेपछि आइतबार पक्राउ गरिएको हो।
उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरेर अनुमति लिएको छ।
अनुश राना गाएको कात्तिक २४ गते गाउँनजिकै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। उति वेला उनको आत्महत्या भएको हुन सक्ने भन्दै सोहीअनुरूप मृतक परिवारले कसैविरुद्धमा उजुरी दिएको थिएन।
गत माघमा मृतक परिवारले वडाध्यक्षसहितका युवकविरुद्धमा किटानी जाहेरी दिएको थियो।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया