बिएल संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एकिकृत समाजवादी (एस) पनि बाहिरिएको छ। बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने बिहीबार बिहान नेकपा एसले पनि लिएको हो।
नेकपा एसबाट आर्थिक मामिला मन्त्री बनेका नरेशकुमार शाहीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए।
‘झन्डै १४ महिना आर्थिक मामिला मन्त्रीका रूपमा जिम्मेवारी वहन गर्दाको अनुभव सन्तोषजनक रह्यो। बिदाइ भइरहँदा मेरा सम्पूर्ण मतदातालाई सम्झिन र धन्यवाद दिन चाहन्छु’, उनले समाजिक सञ्जालमार्फत भनेका छन्।
सुदूरपश्चिममा कांग्रेसका शाह नेतृत्वको सरकार छ। नेकपा एस बाहिरिएसँग शाह अल्पमतमा परेका छन्। उनलार्य नागरिक उन्मुक्ति पार्टीका सात प्रदेश सभा सदस्यहरूको समर्थन बाँकी छ।
अब शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ। सरकार जोगाउन भने २७ जनाको समर्थन चाहिन्छ।
नागरिक उन्मुक्ति पार्टीले भने प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय लिएको छैन् ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया