बिएल संवाददाता
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नं. ५ रोकामस्थित मह भिरमा ‘रक क्लाइम्बिङ’ रुट खाेल्न सुरु गरिएकाे छ।
पर्यटन प्रवर्द्धनको लागि माप्य दुधकोशी गाउँपालिकाको आर्थिक र माउन्टेन गाइड एसोसिएन अफ नेपाल (मोगान)को प्राविधिक सहयोगमा मह भिरमा ‘रक क्लाइम्बिङ’को नयाँ रुट खोलिएको हो।
रुट तयार गर्नको लागि मोगानको टोलीले गत तीन दिनदेखि काम गरिरहेको मोगानका अध्यक्ष सजीव गुरुङले बिएल नेपाली सेवालाई जानकारी दिए।
रुट खोल्ने टोलीमा अध्यक्ष गुरुङसँगै पासाङ लामा, रामकाजी तिवारी, दावा टासी शेर्पा, रक्षराज तामाङ रहेका छन्। करिब १ सय मिटर अग्लो मह भिरमा उनीहरुले निरन्तर काम गरिरहेका छन्।
‘रक क्लाइम्बिङ’को उद्घाटन यही पुस १ गते हुँदैछ। माप्य गाउँपालिकाको आयोजनामा हुने उद्घाटन कार्यक्रममा पर्यटन बोर्डका प्रतिनिधि, टान अध्यक्ष, पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा विशिष्ट व्यक्तिहरु सहभागी हुने जनाइएको छ।
२८औँ पटक सगरमाथा आराेहण गरी विश्व कीर्तिमानी कामय गरेका नेपाली माउन्टेन गाइड कामीरिता शेर्पाकाे पनि विशेष सहमागीता रहनेछ।
त्यसपछि यो ‘रक क्लाइम्बिङ’ पर्यटकहरुको लागि खुल्ला गरिने छ।
‘रक क्लाइम्बिङ’ डोरी टाँसेर भिर (पहाड)मा चढ्ने एक साहसिक खेल हो। ‘रक क्लाइम्बिङ’मार्फत् पहाडमा चढेर आनन्द लिन सकिन्छ।

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया