बिएल संवाददाता
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नं. ५ रोकामस्थित मह भिरमा ‘रक क्लाइम्बिङ’ रुट खाेल्न सुरु गरिएकाे छ।
पर्यटन प्रवर्द्धनको लागि माप्य दुधकोशी गाउँपालिकाको आर्थिक र माउन्टेन गाइड एसोसिएन अफ नेपाल (मोगान)को प्राविधिक सहयोगमा मह भिरमा ‘रक क्लाइम्बिङ’को नयाँ रुट खोलिएको हो।
रुट तयार गर्नको लागि मोगानको टोलीले गत तीन दिनदेखि काम गरिरहेको मोगानका अध्यक्ष सजीव गुरुङले बिएल नेपाली सेवालाई जानकारी दिए।
रुट खोल्ने टोलीमा अध्यक्ष गुरुङसँगै पासाङ लामा, रामकाजी तिवारी, दावा टासी शेर्पा, रक्षराज तामाङ रहेका छन्। करिब १ सय मिटर अग्लो मह भिरमा उनीहरुले निरन्तर काम गरिरहेका छन्।
‘रक क्लाइम्बिङ’को उद्घाटन यही पुस १ गते हुँदैछ। माप्य गाउँपालिकाको आयोजनामा हुने उद्घाटन कार्यक्रममा पर्यटन बोर्डका प्रतिनिधि, टान अध्यक्ष, पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा विशिष्ट व्यक्तिहरु सहभागी हुने जनाइएको छ।
२८औँ पटक सगरमाथा आराेहण गरी विश्व कीर्तिमानी कामय गरेका नेपाली माउन्टेन गाइड कामीरिता शेर्पाकाे पनि विशेष सहमागीता रहनेछ।
त्यसपछि यो ‘रक क्लाइम्बिङ’ पर्यटकहरुको लागि खुल्ला गरिने छ।
‘रक क्लाइम्बिङ’ डोरी टाँसेर भिर (पहाड)मा चढ्ने एक साहसिक खेल हो। ‘रक क्लाइम्बिङ’मार्फत् पहाडमा चढेर आनन्द लिन सकिन्छ।

अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया