बिएल संवाददाता
कीर्तिपुर स्वयम्सेवक समाजले चम्पादेवी, भस्मासुर हाइकिङको आयोजना गरेको छ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हरेक महिनाको पहिलो शनिबार नियमित आयोजना गर्ने लक्ष्यका साथ हाइकिङ आयोजना गरिएको हो।
पुष्पलाल पार्कबाट सुरु भएको हाइकिङ चम्पादेवी, वाणासुर, भस्मासुर भएर पुन पुष्पलाल पार्कमा पुगी करिब १० किमि पदयात्रा गरी सकिएकाे थियाे।
सहरको कोलाहल, धुँलो, धुवाँबाट विश्राम लिई सहर छेउकै चक्रपथबाट केही बाहिर जाने बित्तिकै बेग्लै परिवेश पाइने। र, यसले स्वास्थ्य राम्रो हुने, केही सिक्ने, नयाँ साथी बनाउने अवसर दिने भएकाले यस कार्यक्रमको आयोजना गरिए समाजका अध्यक्ष सुधन सुवेदीले बताए।
हाललाई कीर्तिपुर वरिपरिकै हाइकिङलाई प्राथमिकता दिने उनले जानकारी दिए।
युवाहरुमा भएको ज्ञान, सीप र क्षमताको माध्यमबाट संगठित रूपमा स्वयंसेवा गर्न वि.सं २०६१ सालमा स्थापना भएको कीर्तिपुर स्वयंसेवक समाजले युवा क्षमता विकास, विपद् व्यवस्थापन आदि क्षेत्रहरुमा निरन्तर काम गर्दै आइरहेको छ।
यसै सन्दर्भमा एसईई दिएर बसेका विद्यार्थीहरुलाई व्यवसायिक सिप तथा क्षमता पहिचान र परामर्श गर्न कीर्तिपुर नगरपालिका र असल छिमेकी नेपालसँगको सह-कार्यमा असार ५ मा एक दिवसीय कार्यक्रम पनि आयोजना हुन गइरहेको छ।

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया