बिएल संवाददाता
हिमाली जिल्ला मुस्ताङ। यसको सुन्दरतासँग कसलाई भुल्न मन छैन होला र! तर सबैलाई यहाँ पुग्न सहज छैन, यहाँको भौगोलिक अवस्थाले गर्दा।
मुखस्ताङ हिमशिखरहरूले मुसुक्क हाँसको यही मुस्ताङमा पाइने विभिन्न अन्नबाली मध्ये महत्वपूर्ण बालीका रुपमा फापर रहेको छ।
हिमाली भेगमा पाइने फापर अहिले फुल्ने समय भएको छ। फापर फुल्दा अहिले हाँसेको मुस्ताङमा मुस्कानको सन्दर्य थपिएको छ।
फापर हिमाली जिल्लामा पाइने भए पनि अहिले सहरको खोजीको खान्की बनेको छ। अर्गानिक खानामा खोजीमध्येमा फापर पर्दछ।
फापरमा प्रसस्त मात्रामा रेशादार तत्व, भिटामिन बि १, बि २ र बि ६, प्रोटिन, खनिजका साथै एन्टिअक्सिडेन्ट पोलिफेनोल पाइन्छ। मासु नखाने साकाहारीका लागि फापर प्रोटिनको धनी स्रोत हो जसमा करिब १०–१२.५ प्रतिशत प्रोटिन पाइन्छ।
फापरको प्रोटिनबाट शरीरलाई चाहिने आवश्यक धेरै एमिनो एसिडहरुप्राप्त हुन्छ। जनावरको मासु खाँदा कोलेस्टेरोल अनि अन्य अस्वस्थ्यकर चिल्लो पदार्थहरु पनि खान सकिने भएकाले हृदयसम्बन्धी रोगहरूको जोखिम बढ्न सक्छ।
तर फापरमा कोलेस्टेरोल नपाइने हुँदा यो स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन हो। फापरमा प्रसस्त मात्रामा पाइने खनिजहरु जस्तै जिंक, कपर, म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया