बिएल संवाददाता
याे साता संसारका विभिन्न देशहरुमा प्राकृति विपत्तिले वितण्ड मच्चायाे। कतै बाढी आयाे त कतै आगलागी भयाे। त्यस्तै याे साता मानवीय युद्धले निम्त्याएका घटनाका दृश्यहरु पनि चर्चामा रहे। यीसँगै संसारभरि फैलिएर रहेका राेयटर्सका फाेटाे-पत्रकारहरुले खिचेकामध्ये २१ उत्कृष्ट तस्बिरहरु यहाँ प्रस्तुत छ :
पोभोवा डे मोन्टेमुरो, पोर्चुगलको जङ्गलमा लागेको डढेलोको छेउमा उभिएको एक व्यक्ति।
पाकिस्तानको कराँचीमा पैगम्बर मोहम्मदको जन्मजयन्ती, ईद-ए-मिलाद-उल-नबी समारोहमा उपस्थित हुँदा रातो पोशाक लगाएकी एक बालिका।
बोलिभियाको कन्सेपसियनमा जङ्गलमा लागेको आगोले निस्केको धुवाँको बिचमा उडिरहेका चराहरु।
युक्रेनको डोनेट्स्क क्षेत्रस्थित कुराखोभ सहरको बाहिरी भागमा युद्धपीडित नागरिकहरू पत्रकारलाई प्रतिक्रिया दिँदै।
पोल्याण्डको न्यासामा न्यासा क्लाेड्जका नदीमा आएको बाढीद्वारा जलमग्न आवासीय क्षेत्रको ड्रोन दृश्य
प्रस्तुतकर्ताहरू सेठ मेयर्स, माया रुडोल्फ, क्रिस्टन विग, र बोवेन याङ लस एन्जलस, मेरिकामा आयोजित ७६औँ प्राइमटाइम एमी अवार्डमा ‘स्याटर्डे नाइट लाइभ’लाई श्रद्धाञ्जली दिने क्रममा स्टेजमा एकआपसमा रमाइलो गर्दै।
मेक्सिकोको सिउडाड जुआरेजको बाहिरी भागमा रहेको समलायुका ड्युन्समा चन्द्रग्रहणको समयमा देखिएको पूर्ण चन्द्रमा।
चेक गणतन्त्रको जेसेनिकमा भारी वर्षापछि आएको बाढी प्रभावित सडकबाट हिँड्दै एक व्यक्ति।
जर्मनीको फ्रान्कफर्टमा भएको पहिलो जर्मन हबी हर्सिङ च्याम्पियनसिपको दिनमा आफ्नो घोडासँग २९ वर्षीय डेनियल अल्स्डोर्फको।
रुसको मस्कोमा रहेको एक आवासीय भवनबाट देखिएको आंशिक चन्द्रग्रहण।
कलाकार निकोला फालर क्रोएशियाको प्लोस नजिकै चौंथो बालुवा-कला महोत्सवको क्रममा नेरेट्वा नदीको मुखमा बालुवा चित्रमा काम गर्दै गर्दाको ड्रोन दृश्य।
थाइल्यान्डको चोनबुरी प्रान्तको खाओ खेउ खुल्ला चिडियाखानामा दुई महिनाकी महिला पिग्मी हिप्पो (जल गैंडा) ‘मु देङ’ आफ्नो स्याहरकर्ता एथापोन नुन्डीलाई टोक्दै।
थेरेसा क्रोमाटीको फ्रिज मूर्तिकला लाई हेर्दै एक पर्यटक रीजेन्ट्स पार्क, लन्डन, बेलायतमा।
अस्ट्रियाको सेन्ट पोल्टेन सहरमा भारी वर्षापछि पानीमा बग्दै गरेका फर्सी।
ब्राजिलस्थित अमेजन बेसिनका नदी र तालहरूको पानीको स्तर ऐतिहासिक रुपले तल्लो तहमा झरेको सबैभन्दा खराब खडेरीको बेला टेफे तालको सुख्खा क्षेत्रमा टायसन उपनामका ब्यक्ति एक शिशुलाई उचाल्दै।
उत्तर कोरियामा नयाँ रणनीतिक व्यालिस्टिक मिसाइलको रूपमा वर्णन गरेको परीक्षण हेर्दै उत्तर कोरियाली नेता किम जोङ-उनको मिति नखुलेको पुरानो तस्बिर।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी श्रीनगरको शेर-ए-कश्मीर स्टेडियममा भएको चुनावी प्रचार र्यालीमा आफ्ना समर्थकहरू को अभिवादन स्वीकार गर्दै।
बेलायतको रिचमण्ड पार्क, लन्डनमा, औसतभन्दा माथिको मौसमी तापक्रममा सिँगौरी खेल्दै दुई हरिण।
पाकिस्तानको पेशावरको बाहिरी भागमा रहेको इँटा भट्टा कारखानामा काम गर्दै मजदुरहरु।
जर्मनीको ड्रेसडेनमा सूर्यास्तको बेला एल्बे नदीमा आएको बाढीको दृश्य।
हंगेरीको बुडापेस्टमा एउटा कुकुर नदीको पानी रोक्न बालुवा भरिएको बोरा माथिबाट अर्कोतर्फ हाम फाल्दै।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया