बिएल संवाददाता
—दानबहादुर बुढा
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल नेपाली भाषाको उद्गमस्थल जुम्लाको कनका सुन्दरी सिन्जा हुँदै नेपालको ठूलो र गहिरो रारा अर्थात महेन्द्र तालसम्मको हवाई र सडक सुधार भएपछि घोडा व्यवसाय पनि फस्टाएको छ।
रारामा घोडा व्यवसायबाट आम्दानी राम्रो हुने भएपछि व्यवसायी उत्साहित छन्। पछिल्ला महिनामा मौसम खुलेसँगै सप्तरङ्गी राराको दृश्य हेर्न, घुम्न, अध्ययन–अनुसन्धान गर्न पर्यटकहरूको चाप बढेपछि घोडा ब्यवसाय सन्चालन गर्दै आएका स्थानीयहरूका लागि राम्रो आम्दानीको स्रोत बनेको छ।

रारा तालको वरिपरी घुम्न र चुचेमारा साथै मुर्मागाँउसम्म घोडसवार गर्दा निकै आनन्द महसुस हुने गर्छ। हालै काठमाडौंबाट २५ जना भन्दा बढीको टोलीसँगै रारा घुम्न आएकी काठमाडौं बुढानिकण्ठ–१० की आशा अधिकारीले घोडचढीले रारा घुम्नुको बेग्लै आनन्द आएको प्रतिक्रिया दिइन्।
‘हामी मुर्मा टप पुग्दा त्यहाँबाट सैपाल हिमाल, छायानाथ ,चंखेली हिमाल, चुचेमारा हिमाललगायत अन्य धार्मिक तीर्थस्थल सहित बाजुरा, हुम्ला, जुम्ला, बाजुरा, अछामलगायत सात जिल्लाको अवलोकन गरेर फर्किदा निकै आनन्द आयो,’ उनले भनिन्।

दशैं तिहार सकिएपछि रारामा दैनिक दैनिक ५० देखि १५० जनासम्म आन्तरिक पर्यटक रारा घुम्न आउने गरेका गरेका छन्।
घोडा व्यवसायी समितिको निर्णय अनुसार पालैपालो गरेर घोडाको प्रयोग हुने गरेको छ। रारा घुम्न आएका पर्यटकहरू तालको किनारमा फोटो खिच्ने, टिकटक बनाउने, घोडा चढेर फोटो सुट गर्ने गरेका छन्।
एक घोडा चालकले दैनिक २५ सयदेखि ८ हजार रुपैयाँसम्म कमाउने गरेका छन्।

पर्यटकहरूबाट घोडा व्यवसायीले उठाएको केही रकमबाट मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति मुगुले २० प्रतिशत रकम मध्ये १० प्रतिशत घोडा चालक समितिमा जम्मा गर्ने र पर्यटन भरिया शुल्क बापत १० प्रतिशत कार्यालयमा जम्मा भएको रकम पर्यटकहरू र घोडाचालकहरू बिरामी हुँदा र केही समस्या पर्दा खर्च गर्नको जम्मा गर्ने गरेका छन्।
तर घोडा व्यवसायीहरूबाट उठाएको कर सदूपयोग नभएकोमा गुनासो उनीहरूको छ। घोडा हिँडाउने बाटो नै खराब हुँदा व्यवसायी चिन्तित छन्। विशेष गरी रारामा बन्दै गरेका साइक्लिङ् रुटका कारण समस्या हुने गरेको छ।





विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया