बिहिबार, १४ अगस्ट २०२५

साग पुरुष फुटबल: नेपालको समूहमा बंगलादेश र भुटान

News Image
फाइल तस्बिर
• • •

नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपाल समूह ए मा परेकाे छ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सार्वजनिक गरिएको खेलतालिका अनुसार समूह ए मा नेपालसँगै बंगलादेश र भुटान रहेका छन् ।

यस्तै समूह बी मा भारतसँगै माल्दिभ्स र श्रीलंका रहेका छन् ।

पुरुष फुटबलमा नेपाल अघिल्लो संस्करणको विजेता हो। नेपालले १२ औं सागको फाइनलमा भारतलाई हराएर स्वर्ण जितेको थियो।

पुरुष फुटबलका खेलहरु दशरथ रंगशालामा हुनेछ। लिग नकआउटका आधारमा खेल हुने र समूहको शीर्ष दुईमा रहने टिम सेमिफाइनल पुग्नेछ।

पहिलो खेल नेपाल र बंगलादेशबीच हुनेछ।

शुक्रबार, मंसिर ०६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)