बिहिबार, १४ अगस्ट २०२५

पार्टीमा हुने अन्तरघात निर्मूल पार्छु: देउवा

News Image
तस्वीर: सभापति देउवाको सचिवालय
• • •

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा हुने अन्तरघात निर्मूल पार्ने बताएका छन्। मंसिर १४ मा भएको उपनिर्वाचनबारे समीक्षा गर्न मंसिर २६ गते केन्द्रीय समिति बैठक डाकिएको उल्लेख गर्दै देउवाले पार्टीभित्र बसेर बसेर चुनाव हराउन भूमिका खेल्नेलाई कारबाही गरेर अन्तरघात निर्मूल पार्ने बताएका हुन्।

कांग्रेस रूपन्देही सिद्धार्थनगर समितिको दोस्रो नगर भेला उद्घाटन गर्दै शनिबार देउवाले पार्टीभित्र हुने अन्तरघातलाई हटाउन पनि त्यस्ता कार्यकर्तालाई कारबाही गर्नु आवश्यक रहेको उनले बताए। ‘अन्तरघातको खेल डरलाग्दो हो,’ उनले भने, ‘यस्तो प्रवृत्तिले भविष्यमा दुस्ख दिन्छ। अहिले कारबाही गरेर जानुपर्छ।’

पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने र विद्रोही उम्मेदवार बन्ने समर्थक खतरानाक हुने भन्दै त्यसै छाडन् नहुने उनले बताए।

सो कार्यक्रममा सभापति देउवाले पाँच जना अपांगता भएकाहरूलाई ह्वील चियर र ४४ जना गरिब, जेहेन्दार विद्यार्थीलाई साइकल पनि हस्तान्तरण गरेका थिए।

शनिबार, मंसिर २१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)