बुधबार, १३ अगस्ट २०२५

दुबईमा ‘लिभइन’ जोडी : जागिरको बहानामा कराडौं ठगी

News Image
• • •

काठमाडौं–राजधानीको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा वैदेशिक रोजगारीका क्रममा ठगिएका युवाको दैनिकजसो भीड नै लाग्ने गर्छ ।

यसरी ठगीको मुद्दा लिएर विभाग धाउनेमा  सुनसरी स्थायी ठेगाना भइ काठमाडौंको नागार्जुन–९ स्यूचाटार बस्ने तीर्थराज निरौला पनि छन् ।

वैदेशिक रोजगारीको क्रममा ठगीएपछि न्यायका खोजी गर्दै निरौला करीब ५ महिनादेखि विभाग धाइरहेका हुन् ।

१० वर्षसम्म संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा बसेका निरौलाले आफू प्यूठानको साविक खुङ गाविस–७ घर भएका अमर कुँवर र मोरङ जिल्ला विराटनगरपालिका–३ घर भएकी दीक्षा कुँवरको विभिन्न प्रलोभनमा परेर ठगिएको बताए ।

बुधबार, बैशाख २५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!