जिरुडको ह्याट्रिकसँगै चेल्सी क्वाटरफाइनलमा

रोयटर्स

ओलिभिएर जिरूडको ह्याट्रिकमा इंग्लिस क्लब चेल्सी युरोपा लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा डिनामो किएभविरुद्ध ५-० को फराकिलो जित दर्ता गर्दै चेल्सी समग्रमा ८-० ले विजयी भएर अन्तिम ८ मा प्रवेश गरेको हो।

किभको मैदानमा चेल्सीलाई फराकिलो जित दिलाउन ओलिभर जेरूडले ह्याट्रिक गरे। यस्तै मार्कोस एलोन्सो र कलम हुडसनले एक एक गोल गरेका थिए।

घरेलु टोलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा जेरूडलेखेलको पाँचौ मिनेटमा गोल गर्दै चेल्सीलाई सुरूवाती अग्रता दिलाए। खेलको ३३ औं मिनेटमा जेरूडले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए। खेलको ४५ औं मिनेटमा एलोन्सोले गोल गरेपछि पहिलो हाफमा चेल्सीले ३-० को अगाडि रह्यो।

दोस्रो हाफमा चेल्सीले थप दुई गोल गर्यो । खेलको ५९ औं मिनेटमा जेरुडले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे। योसँगै जेरूडले यस सिजन चेल्सीका लागि ९ खेलमा ९ गोल गर्न सफल भए।

चेल्सीका लागि ७८ औं मिनेटमा हड्सन ओडोईले उत्कृष्ट गोल गर्दै जित सुनिश्चित पारे ।

यस जितसँगै चेल्सीले युरोपमा दर्ता गरेको दोस्रो ठूलो जित हो। यसअघि सन् १९७१-७२ मा चेल्सीले जयून्स हुतचारजलाई २१-० को अन्तरले पराजित गरेको थियो। चेल्सीले अब प्रिमियर लिगमा आइतबार एभरटनको सामना गर्नेछ।

प्रकाशित मिति: : 2019-03-15 08:51:09

प्रतिकृया दिनुहोस्