मङ्गलबार, १२ अगस्ट २०२५

सिरी ‘ए’: इन्टर मिलानलको अपराजित यात्रा कायमै

News Image
तस्बिरः एजेन्सी
• • •

इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा अपराजित यात्रा जारी राखेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा इन्टरले लाजियोलाई १–० गोलले हरायो ।इन्टरको जितमा डानिलो डी’आम्ब्रोसिओले गोल गरे । डानिलोले २३औं मिनेटमा गरेको गोलनै इन्टरको जितमा निर्णयक बन्यो ।

जितसँगै इन्टरले पाँच खेलबाट १५ अंक बनाएको छ । सात अंक बनाएको लाजियो आठौं स्थानमा छ । दोस्रो स्थानमा रहेको युभेन्ट्सको समान खेलबाट १३ अंक पुगेको छ ।

अर्को खेलमा एस रोमालाई २–० गोलले हराउँदै एटलान्टा तेस्रो स्थानमा उक्लिएको छ । एटलान्टाको जितमा डुभान जापटाले ७१औं र मार्टेन डे रोनले ९०औं मिनेटमा गोल गरेका थिए । जितसँगै एटलान्टाले १० अंक बनाएको छ ।

अर्को खेलमा बलियो नापोली घरेलु मैदानमै काग्लियारीसँग १–० गोलले पराजित भयो ।

बिहिबार, आश्विन ०९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)