बिहिबार, १४ अगस्ट २०२५

डब्लुसीएल: काठमाडौंको तेस्रो जित

News Image
फाइल तस्बिर
• • •

क्याट क्विन्स काठमाडौंले वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै काठमाडौंले तेस्रो जित निकालेको हो । ललितपुरले दिएको १०६ रनको सामान्य लक्ष्य काठमाडौंले १७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

काठमाडौंको लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस अघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

ललितपुरका लागि रोशनी बोहराले अविजित रहदै २९ रन जोडिन् । यस्तै नेरी थापाले २२ रन जोड्दा ममता चौधरीले १५ रन जोडिन् ।

काठमाडौंकी ईश्वरी बिष्टले २ विकेट लिईन् । यता सरस्वती कुमारीले एक विकेट रह्यो हात पारीन् ।

आइतबार, कार्तिक ०३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!