बुधबार, १३ अगस्ट २०२५

कप्तान कोहलीको शतकसँगै भारत जिततर्फ

News Image
तस्बिरः एजेन्सी
• • •

कप्तान विराट कोहलीको शतकसँगै बंगलादेशसँगको ऐतिहासिक डे नाइट दोस्रो टेष्टमा भारत जिततर्फ लम्केको छ।

दोस्रो दिनको खेल सकिदा बंगलादेश ८९ रनले पछि परेको छ। बंगलादेश दोस्रो दिनको खेल सकिदा दोस्रो इनिङमा ३२.३ ओभरमा १ सय ५२ रन जोड्न ६ विकेट गुमाएको छ।

उसका अनुभवी ब्याट्सम्यान मुश्फिकुर रहीम ७० बलमा १० चौका सहित ५९ रनमा अविजित छन्। महमुदुल्लाह ३९ रनमा रिटायर्ट हर्ट भएका छन्। भारतका तीब्र गतिका बलर इशान्त शर्माले ४ र उमेश यादवले २ विकेट लिएका छन्।

त्यसअघि ८९.४ ओभरमा भारतले ३४७–९ को अवस्थामा भारतले पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। भारतीय कप्तान विराट कोहलीले १ सय ३६ रनको शतकीय इनिङ खेले। कोहलीले १ सय ९४ बलमा १८ चौका प्रहार गरे। कोहलीको यो टेष्ट करिअरको २७ औं शतक हो।

चेतेश्वर पुजारा ५५, अजिंक्या रहाणे ५१ र ओपनर रोहित शर्मा २१ रनको योगदान दिए।

बंगलादेशका एबादत हुसैन र अल अमीन हुसैनले समान ३ विकेट लिए।आबु जायद २ र ताइजुल इस्लामले १ विकेट लिए।

त्यसअघि शुक्रबार इडेन गार्डेन कोलकतामा टस जितेर ब्याटिङ थालेको बंगलादेश ३०.३ ओभरमा १ सय ६ रनमा अल आउट भएको थियो।

बंगलादेशका ओपनर शदम्यान इस्लामले ५२ बलमा ५ चौका सहित सर्वाधिक २९ रन जोडे।

भारतका इशान्त शर्माले ५ विकेट लिएका थिए। उमेश यादव ३ र मोहम्मद शामीले २ विकेट लिए।

आइतबार, मंसिर ०८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!