
‘तराई पहाड हिमालको उत्सव’ नारा सहित ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ बिहिबारबाट वीरगन्जमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणा लगायत दर्जन बढी नेपाली कलाकार तथा बलिउड अभिनेता गोविदाको समेत उपस्थिति रहेको थियो ।
वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा आयोजित महोत्सव तीन दिनसम्म चल्ने छ । आज पहिले दिन बिहान घण्टाघर चोकदेखि महोत्सव स्थल रङ्गशाला चोकसम्म प्रभातफेरी समेत गरिएको थियो ।
सो अवसरमा नीर शाह, भुवन केसी, झरना थापा,सुनिल थापा,बसुन्धरा भुसाल,सरोज खनाल, निरुता सिंह, दीपकराज गिरी, दिपाश्री निरौला, वर्षा शिवाकोटी लगायतका कलाकारको उपस्थिति रहेको थियो ।
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया