चीनले अविस्कार गर्यो सौर्य उर्जाबाट चल्ने विमान

Agency

चीनले सौर्य उर्जाबाट चल्ने मानवरहित विमानको आविस्कार गरेको छ। विमान दुईवर्षको कडा परीक्षणपछि सफल भएको हो।
मानवरहित विमानलाई प्राकृतिक विपत्ति र अन्य कार्यमा प्रयोग गर्न सकिने चिनियाँ अधिकारीले बताएका छन्।

चीनले यो विमानको नाम ‘मोजी–२’ राखेको छ। उसले २७ जुलाईमा सौर्य उर्जाबाट चल्ने यो विमानको सफल परीक्षण गरेको हो। विमान निर्माता ओक्साईका अनुसार चीनले वैज्ञानिकहरूको देखरेखमा चीनको पूर्वी क्षेत्र झेजियाङ प्रान्तको मोङ्सान विमान स्थलमा सफलतापूर्वक परीक्षण गरेको थियो।

मोजी–२ को सफलतापछि कम्पनी निकै खुसी छ। कम्पनीले भनेको छ, ‘विमान १५ मिटरको पंखा भएको र पुरै सौर्य उर्जाबाट परिचालित हुनेछ। विमानले ८ हजार मिटर उचाईसम्म उडान भर्न सक्ने छ। विमानलाई पूरै चार्ज हुन ८ घण्टा लाग्नेछ र १२ घण्टा उडने क्षमता राख्छ।’

कम्पनीले विपत, राहत कार्य र सुचना संकलन गर्न विमान उपयोगी हुने बताएको छ। कम्पनीका महाप्रबन्धक माओ यिक्विङले ५ जी सेवा प्रदायसँग मिलेर विमानलाई अझै आधुनिक बनाउन पहल गरिने बताए।

यसअघि पूर्वी चीनमै सौर्य उर्जाबाट चल्ने एउटा गाडीको आविस्कार गरिएको थियो।

प्रकाशित मिति: : 2019-08-01 12:10:01

प्रतिकृया दिनुहोस्