बिहिबार, १४ अगस्ट २०२५

पानी परेपछि धान किसानलाई राहत

News Image
तस्बिरः बिएल
• • •

झापामा तीन दिनयता परेको पानीका कारण धानखेती गर्ने किसानमा खुशी छाएको छ । किसानले लगाएको धानखेतीमा सुक्खा लागेर फौजी कीराको समेत प्रकोप बढिरहेका बेला भएको वर्षाले धानखेतीलाई अमृतको काम गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताए।

उहाँका अनुसार झापामा यस वर्ष ८८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । जसमा ३८ हजार हेक्टर अर्थात् धानखेती गरिने जग्गाको ३८ प्रतिशत क्षेत्र नियमित सिँचाइयोग्य रहेको, १४ प्रतिशत अर्धसिँञ्चित र बाँकी ३८ प्रतिशत धानखेती आकाशे वर्षाका भरमा छ । विशेष गरेर झापाको उत्तरी क्षेत्रमा गरिने धानखेती आकाशे वर्षाको भरमा रहेको छ । साउनको पहिलो सातासम्म अविरल वर्षा भए पनि जिल्लामा त्यसपछि खडरी लागेको थियो ।

खडेरीका कारण धानमा कीरा लाग्ने, सुक्ने र झारजङ्गल पलाएर कामै नलाग्ने अवस्थामा पुगेका बेला भएको सामान्य वर्षाले समेत किसानलाई राहत पुगेको उनको भनाइ छ । आइतबार रातिदेखि झापामा पानी परेको थियो । प्राविधिक पौडेलले यस वर्ष झापामा धान उत्पादनमा कमी आउने बताए। उनले भने, ‘समयमा किसानले रासायिक मल पनि पाएनन् र लामो समय खडेरी चल्यो, यसले उत्पादनमा पक्कै कमी आउँछ ।’

मंगलबार, भाद्र ३१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)