बिहिबार, १४ अगस्ट २०२५

बालुवाटार जग्गा प्रकरणका आरोपी पूर्व नासुद्वारा आत्महत्या

News Image
Agency
• • •

बालुवाटारको सरकारी जग्गा निजी बनाउने कार्यमा संलग्न रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानिबनमा रहेका रहेका युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्।

तत्कालिन मालपोत कर्मचारी श्रेष्ठले माछापोखरीस्थित हिमालयन सिटी सेन्टर सपिङ मलको आठौं तलाबाट आइतबार दिउँसो २ बजे हामफालेर आत्महत्या गरेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

पर्वत कांग्रेसका नेतासमेत रहेका ५७ वर्षिय श्रेष्ठ अवकास प्राप्त नायब सुब्बा हुन्। उनले २०६० सालमा सरकारी सेवाबाट अवकास लिएका थिए।

घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।

आइतबार, श्रावण १२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!