बुधबार, १३ अगस्ट २०२५

१५ किलो नक्कली चाँदीसहित एक जना पक्राउ

News Image
सांकेतिक तस्बिर
• • •

प्रहरीले १५ किलो नक्कली चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार सक्कली चाँदी भनेर बेच्न लागेको अवस्थामा धादिङ घर भइ महालक्ष्मी–११, इमाडोल बस्दै आएका ३३ वर्षीय राज सापकोटालमई पक्राउ गरिएको हो ।


उनका अनुसार सापकोटाले इमाडोलमा तिलहरि ज्वेलर्स सञ्चालक गर्दै आएका छन् । पीडितको उजुरीपछि सापकोटालाई धुम्बाराहीबाट पक्राउ गरेर अनुसन्धान थालिएको लम्सालले बताए ।

शुक्रबार, आश्विन १७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)