
पाँच पल्टको विश्व च्याम्पियन अस्ट्रेलिया र दुई पल्टको विश्व विजेता भारतबीच विश्व कप–२०१९ को अर्को रोमाञ्चक खेल आइतबार (आज) केनिङ्टन ओभलमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा हुँदैछ।
अस्ट्रेलियाले यसअघि अफगानिस्तान र वेष्ट इन्डिजलाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ। यस्तै, भारतले पनि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै आफ्नो दावेदारी पनि प्रस्तुत गरेको छ।
सन् २०१५ को विश्व कपमा भारत सेमिफाइनलमा अस्ट्रेलियाबाट पराजित भएको थियो। त्यसैले यसपालिको विश्व कपमा भारतलाई पुरानो बदला लिने अवसर पनि छ।
अस्ट्रेलियाले आजको खेलमा २ स्पिनरलाई टोलीमा समावेश गर्ने सम्भावना बलियो छ। यस बाहेक ग्लेन मेक्सवेल पनि केही ओभर बलिङ गर्न सक्नेछन्। अस्ट्रेलियासँग मिशेल स्टार्क, पेट कमिन्स र नाथन कुल्टर नाइलजस्ता खतरनाक बलर छन्।
अस्ट्रेलियाले कप्तान एरोन फिन्चको नेतृत्वमा डेभिड वार्नर, उस्मान ख्वाजा, स्टिभ स्मिथ, ग्लेन मेक्सवेल, एलेक्स केरी (विकेटकिपर), माक्र्स स्टोइनिस, नाथन लोयन, मिशेल स्टाकृ, पेट कमिन्स र एडम जम्पालाई उतार्ने सम्भावना बलियो छ।
भारतले पहिलो खेलमा समावेश भएका खेलाडीलाई नै मौका दिने सम्भावना पनि छ। विराट कोहलीको नेतृत्वमा रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, महेन्द्रसिंह धोनी, केदार जाधव, हार्दिक पाण्ड्या, कुलदीप यादव, भुवनेश्वर कुमार, युजवेन्द्र चहल र जसप्रीत बुमराह अस्ट्रेलियाविरूद्ध मैदानमा उत्रिने सम्भावना बलियो छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया