‘अशुद्ध रगत’ नामक अभियान लिएर पोर्चुगलको पोर्तो युनिभर्सिटीमा छाउपडी प्रथाको बारेमा प्रवचन दिएर गएकी मदन पुरस्कार विजेता राधा पौडेलका कारण पोर्चुगलमा यस पटकको नारी दिवसमा नेपाली महिलाहरुले गतिलै स्थान पाए।
पश्चिम नेपालका महिलाले खेप्नु परेको छाउपडी प्रथाको बारेमा नारीवादी लेखिका, अभियन्ता र विभिन्न बहसहरुमा सामेल पोर्चुगिज महिलाहरुले कुरो उठाए। उनीहरुको एउटै आवाज थियो- नेपाली महिलाहरु अझै पनि ढुंगे युगमा छन्। उनीहरुलाई त्यो अन्धकारबाट निकाल्नुपर्छ।
गत वर्ष राधा पौडेललाई युरोपकै उत्कृष्ट र पुरानो मानिने पोर्तो युनिभर्सिटीमा रेक्टरको स्वागत गर्दै अति बिशिष्ट अतिथिको रुपमा सम्मान दिएर प्रवचनको चाँजोपाँजो मिलाएको थियो।
उनले नेपाली नारीहरुका समस्याका बारेमा बताएकी थिइन्। पोर्चुगलमा सबैभन्दा धेरै हेरिने राष्ट्रिय टेलीभिजन आरटिपी वानमा उनको लामै अन्तरवार्ता प्रसारण गरिएको थियो ।
क्रिश्चियन संस्थाको सक्रियता र नेपाली कन्सुलर मारिया तेरेजाको व्यवस्थापनमा सयौं विद्यार्थी, सञ्चारकर्मीसँग पहुँच पुग्ने गरि सञ्चालन गरिएको सो कार्यक्रममा पोर्चुगलमा बसोबास गरेका नेपालीको भने सहभागिता थिएन।
नेपालीहरुको बाक्लो बसोबास रहेको पोर्चुगलको गैर आवासीय नेपाली संघ, विभिन्न संघसंगठनले पत्तो नपाएको सो कार्यक्रमपछि आम पोर्चुगिज समुदायमा छाउपडीको बारेमा सूचना पुगेको छ।
सरकारी टेलीभिजनले छाउपडी सम्बन्धी बनाइएको वृत्तचित्र पनि देखाएको थियो।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया