बुधबार, ०४ नोभेम्बर २०२६

आईजीपी परिवर्तनबारे ओलीः अह्राएको गर्छ भनेर बनाएको होला

News Image
फाइल तस्बिर
• • •

एमाले अध्यक्ष केपी ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) हेरफेरबारे प्रतिक्रिया दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलबाट बाहिरिने क्रममा पत्रकारहरूसँग बोल्दै उनले सरकारले आफूले अह्राएको काम गराउन आईजीपी परिवर्तन गरेको बताएका हुन्।

ओलीले भने, ‘उहाँहरूले अह्राएको गर्छ भनेर बनाएको होला।’

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउँदै डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!