बिहिबार, २८ अगस्ट २०२५

सुरक्षा कारबाहीमा बीस आतङ्ककारी मारिए

News Image
तस्बिरः एजेन्सी
• • •

अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाको चौकीमा गरिएको दुई वटा आक्रमणका क्रममा करिब २० आतङ्कवादी र तीन सैनिक मारिएको सेनाले जनाएको छ।

स्थानीय समयानुसार मङ्गलबार बिहान उत्तरी राज्य बान्ह र उत्तरपश्चिमी तोइनी इलाकामा रेहको सुरक्षा जाँच चौकीमा उक्त आक्रमण भएको सेनाद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ।

यसअघि आइतबार बन्दुकधारीहरूले एउटा चर्चमा गरेको आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौं घाइते भएका थिए। दक्षिण अफ्रिकी यस देशमा सन् २०१५ यता भएका आक्रमणहरुमा ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

यसमा २०० सशस्त्र सैनिक रहेका जनाइएको छ। आतङ्ककारी आक्रमणको कारण हजारौं व्यक्ति विस्थापित भएका छन्।(रासस)

बुधबार, मंसिर १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)