बिएल संवाददाता
पोखराको मुटुमा अवस्थित फेवाताल नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्य हो। यो ताल प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्व र जैविक विविधताले भरिएको स्थल हो, जहाँ बर्षेनि लाखौं आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुन्छन्।
फेवातालको महत्वलाई उजागर गर्न हरेक वर्ष ताल दिवस मनाइन्छ, जसले हामीलाई प्रकृति संरक्षणको सन्देश दिन्छ। समुद्री सतहबाट करिब ७४२ मिटरमा रहेको यो तालको लम्बाइः करिब ४.४ कि.मी. क्षेत्रफलः करिब ६.३४३ वर्ग किलोमिटर रहेको छ। फेवातालको उत्पत्ति प्राकृतिक भूगर्भीय प्रक्रियाबाट र ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको मान्यता छ।
यो ताल ‘वैदाम’ गाउँको छेउमा पर्ने हुँदा ‘वैदाम ताल’ पनि भनिने गरिन्छ। तालको बीचमा ‘बराही मन्दिर’ रहेको छ। फेवातालको मुख्य स्रोत हर्पन खोला हो। जुन १० किलोमिटर परबाट बगेर यो तालमा मिसिन्छ। यो खोलाबाट करिब ७० प्रतिशत पानी फेवा तालमा आउँछ। बाँकी अन्य स्रोतहरू पनि छन्। फिक्रे खोला, चिसापानी खोला, मुलाबारि खोला र सेदी जस्ता खोलाहरुले पानी ल्याउने गर्छन्।






नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया