बिएल संवाददाता
नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल काठमाण्डौंमा जारी प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिज २०२० को दुई बिधामा फाईनल प्रवेश गरेका छन्। दाहाल पुरुष एकल र जोडी दुबै तर्फ फाईनल प्रवेश गरेका हुन्।
प्रतियोगितामा दोश्रो बरियता प्राप्त तथा बिश्व जुनियर बरियतामा १४ औं स्थानमा रहेका दाहाल सेमिफाईनलमा भारतका अभिन बशिष्ठ माथि २१–१८, २०–२२, २१–१७ को जित निकाल्दै उपाधी नजिक पुगेका हुन्। अव प्रिन्सले उपाधीका लागि यस प्रतियोगिताका पहिलो बरियता तथा बिश्व जुनियर बरियतामा तेश्रो स्थानमा रहेका भारतका मिरबा लुवाङ्ग संग प्रतिस्पर्धा गर्ने छन्। लुवाङ्गले श्रीलङ्काका दुमिन्दु अब ेविक्रमालाई २१–१२, २१–८ ले पराजित गर्दै फाईनल प्रवेश गरेका थिए।
दाहाल पुरुष युगलमा पनि फाईनल प्रवेश गर्न सफल भएका छन्। पेम्बा शेर्पा संग मिलेर दाहालले आफ्नै देशका अमृत चौधरी र जे.बी. साउदलाई २१–१०, २१–११ ले पराजित गर्दै फाईनल प्रवेश गरे। अर्को प्रतिस्पर्धामा भारतका आर. बिकास प्रभु र अरुण कार्थिक के.को जोडीले श्रीलङ्काका दुमिन्दु अबेविक्रमा र दिगायु कहातापितियाको जोडीलाई २२–२०, २१–१५ ले पराजित गर्दै दाहाल र शेर्पाको जोडी संग उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
महिला जोडी तर्फ नेपालका बिष्णा बिष्ट र प्रसुना खत्रीको जोडीले नेपालकै रोन पाण्डे र अलिना सुनारबाट वाक ओभर प्राप्त गरे। बिष्ट र खत्रीको जोडीले फाईनलमा भारतका ग्नन्दा के. र सानिया सिकन्दरको जोडीसंग प्रतिस्पर्धा गर्ने छन्। भारतीय जोडीले नेपालका निता लम्साल र सिमा राजबंशीको जोडीलाई २१–८, २१–१२ ले पराजित गरे।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फ भारतकी तस्निमा मिरले नेपालकी निता लम्साललाई २१–९, २१–९ को समान अन्तरले पराजित गर्दै फाईनलमा मलेसियाकी करुपथेभन लेत्शाना संगको भेट पक्का गरिन्। लेत्शानाले भारतकी अनुपमा उपाध्यायलाई १७–२१, २१–१७, २१–८ले पराजित गरिन्।
मिश्रीत जोडी तर्फ पनि मिर आयन रशिद संग मिलेर फाईनल प्रवेश गर्न सफल भईन्। उक्त जोडीले नेपालका गोकुल जोरा र निता लम्सालको जोडीलाई २१–१२, २१–११ ले पराजित गरे। अर्को प्रतिस्पर्धामा भारतकै मुरुगप्पा के.एस. र सानिया सिकन्दरको जोडीले नेपालका पेम्बा शेर्पा र सिमा राजबंशीको जोडीलाई २१–२, २१–११ ले पराजित गर्दै मिर र रशिदको जोडी संगको भेट पक्का गरेका हुन्।
प्रतियोगिताको फाईनल शनिबार अपरान्ह १ ः ०० बजेबाट सुरु हुने कार्यक्रम रहेको छ।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया