प्रदेश २ मा छोरीको बिमा गराउने अभिभावकले निःशुल्क इन्टरनेट पाउने भएका छन्। प्रदेश सरकारले छोरीको बिमा गराउने अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट प्रदान गर्ने घोषणा गरेको हो।
प्रदेश २ सरकारले शुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत छोरीहरुको शिक्षा बिमा गराउने काम पनि शुरुवात गरेको छ। २०७५ साल माघयता जन्मिएका हरेक छोरीको बिमा गराउने बताएको प्रदेश सरकारले ती बालिकाको अभिभावकलाई इन्टरनेट पनि दिने जनाएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सुबिसु केबल नेट प्रालिबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बिमा गराउने अभिभावकले तीन महिनासम्म निःशुःल्क इन्टरनेट पाउने भएका हुन्।
छोरीहरुको शिक्षा बिमा अभियानलाई सफल बनाउन सुबिसु केबल नेट प्रालिमार्फत् ती बालिकाका अभिभावकलाई तीन महिनासम्म १५ एमबीपीएस गतिको इन्टरनेट दिइने गरी प्रदेश सरकारले बुधबार सम्झौता गरेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया