प्रदेश २ मा छोरीको बिमा गराउने अभिभावकले निःशुल्क इन्टरनेट पाउने भएका छन्। प्रदेश सरकारले छोरीको बिमा गराउने अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट प्रदान गर्ने घोषणा गरेको हो।
प्रदेश २ सरकारले शुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत छोरीहरुको शिक्षा बिमा गराउने काम पनि शुरुवात गरेको छ। २०७५ साल माघयता जन्मिएका हरेक छोरीको बिमा गराउने बताएको प्रदेश सरकारले ती बालिकाको अभिभावकलाई इन्टरनेट पनि दिने जनाएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सुबिसु केबल नेट प्रालिबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बिमा गराउने अभिभावकले तीन महिनासम्म निःशुःल्क इन्टरनेट पाउने भएका हुन्।
छोरीहरुको शिक्षा बिमा अभियानलाई सफल बनाउन सुबिसु केबल नेट प्रालिमार्फत् ती बालिकाका अभिभावकलाई तीन महिनासम्म १५ एमबीपीएस गतिको इन्टरनेट दिइने गरी प्रदेश सरकारले बुधबार सम्झौता गरेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया