रासस
गत साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम गर्यो। बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो। नेप्सेको उकालो यात्रासँगै बजार एक हजार ३०० विन्दु माथि पुगेर ‘बुलिस ट्रेन्ड’ लाई स्थापित गर्यो।
लगानीकर्तामा विश्वास बढेसँगै बजारले नयाँ गति समेटेको जानकारले टिप्पणी गरेका छन्। साताभर पाँच कारोवार दिनमा बजार नयाँ विन्दुमा पुगेर बन्द भएको छ। साताभर कूल १८३ कम्पनीका दुई करोड ११ लाख ९७ हजार १९५ कित्ता शेयर रु छ अर्ब ६७ करोड २० लाख ६१ हजार ९३२ मा खरिदबिक्री भयो।
साताको पहिलो दिन आइतबार नेप्से ४२।६१ विन्दुले बढ्यो। सो दिन कूल १७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता शेयर रु एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा खरिदबिक्री भए। सोमबार नेप्से परिसूचक १५।१४ विन्दुले बढ्दा १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता शेयरको रु एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ बराबर कारोवार भयो।
आइतबार र सोमबार बजार बढ्दा मङ्गलबार भने परिसूचक नकारात्मक दिशामा मोडियो। मङ्गलबार नेप्से परिसूचक ७।४८ अङ्कले घट्यो। उक्त दिन १८३ कम्पनीका ३७ लाख ६६ हजार ९८२ कित्ता शेयर रु एक अर्ब दुई करोड ६४ लाख ४३ हजार ६६६ मा खरिदबिक्री भए।
माघको पहिलो दिन परिसूचक २०।८५ अङ्कले बढेर कूल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयरको रु ९० करोड ४८ लाख १३ हजार ९३२ मा कारोवार भयो। साताको अन्तिम दिन पनि परिसूचक बढ्ने क्रमले निरन्तता पायो। बिहीबार नेप्सेमा २६ अङ्कको सुधार देखियो। बिहीबार कूल ५० लाख २५ हजार ५६३ कित्ता शेयरको रु एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ मा कारोबार भयो।
यस्तै यस साता नेप्सेमा दुई कम्पनीका शेयर सूचीकृत भए। ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरपछि सात करोड २० लाख ८७ हजार ८१ कित्ता र सिर्जना फाइनान्सका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर सूचीकृत भए।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया