ए डिभिजन लिग: एपीएफमाथि एनआरटीकाे रोमाञ्चक जित

बिएल संवाददाता

काठमाडाै‌ं

एनआरटीले शहीद स्मारक ए डिभिजन लिगमा विभागीय क्लब एपीएफमाथि रोमाञ्चक जित हात पारेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा एनआरटीले एपीएफलाई ३–२ ले पराजित गरेको हो। एनआरटीको जितमा आन्द्रे थियरी,दर्शन गुरुङ र जोर्डन एनडेम्बाले एक एक गोल गरे। यता एपीएफका लागि आशिष लामाले दुई गोल गरेपनि जित दिलाउन सकेनन्। 

२४औं मिनेटमा थियरीले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। तर आशिषले ४१औं र ५३औं मिनेटमा गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए। 

तर ८० औं मिनेटमा एनआरटीका एनडेम्बाले गोल फर्काउँदै खेल २–२ को बराबरी गरे। त्यसको पाँच मिनेटपछि दर्शनले गोल गर्दै एनआरटीलाई जित दिलाए।

७ खेलबाट एनआरटीले ४ जित र १ बराबरीसहित १३ अंक जोडे पनि २ अंक ऋण तिरेकोले अब ११ अंक मात्र छ।

गत सिजन ननरेलिगेसन लिगमा अन्तिम भएकोले एनआरटीले २ अंक गुमाएको हो। 

त्रिभुवन आर्मी, मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबको समान १३ अंक छ भने थ्री स्टार र नेपाल पुलिसको समान १३ अंक छ।

प्रकाशित मिति: : 2020-01-20 04:10:18

प्रतिकृया दिनुहोस्