नेपालले गुमायाे पाँचाैं विकेट, २८ रनमा कुशल आउट

आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा टस हारेर पहिले ब्यटिङ गरिरहेको नेपालले पाँचाैं विकेट गुमाएको छ।  

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले पाँचाैं विकेटकाे रुपमा कुशल मल्ललाई गुमाएकाे हाे। मल्ल २८ रनमा आउट भए। २४ बलको सामना गरेका उनले दुई चौका र दुई छक्का हानेका थिए। 

उनकाे विकेट अकिब ईल्यासले ३४ औं ओभरको दोस्रो बलमा खावर अलीको हातबाट क्याच आउट गराए।

चाैथाे विकेटकाे रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएकाे हाे। मल्लले ७६ बलमा ६ चौकासहित ५६ रन बनाए। अकिब इलियासले २८ औं ओभरको फ्याँकेको पहिलो बललाई प्रहार गर्ने क्रममा उनी मोहम्मद नदिमको हातबाट क्याच आउट भए। 

ज्ञानेन्द्रले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ र दोस्रो विकेटका लागि पारस खड्कासँग ५९ रनको साझेदारी गरेका थिए।

आउट हुनुपूर्व उनले कीर्तिमानी अर्धशतक बनाए। एकदिवसीय खेलमा दोस्रो अर्धशतक प्रहार गर्ने मल्ल पहिलो खेलाडी बने। पहिलो र दोस्रो खेलमा खराब प्रदर्शन गरेका कप्तान मल्लले आज उत्कृष्ट प्रदर्शन गर्दै ७० बलमा ६ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक बनाएका थिए। उनले अर्धशतक बनाउन २५ औं ओभरको चौथो बलमा चौका प्रहार गर्दे ५३ रन बनाएका थिए। 

यसअघि उनले सन् २०१८ मा एकदिवसीय मान्यता पाएपछि नेदरल्यान्डविरुद्दको पहिलो खेलमा अर्धशतक प्रहार गरेका थिए। नेपालले मान्यता पाएपछि अगस्ट १ र ३ मा नेदरल्यान्डसँग एकदिवसीय खेल खेलेको थियो। उनले उक्त खेलमा ५१ रन बनाएका थिए।

यसअघि पूर्वकप्तान पारस खड्काले नेदरल्यान्डविरुद्दको दोस्रो खेलमा अर्धशतक पुरा गरेका थिए। उनले ६९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाएका थिए। पारसलाई सिलारको बलमा स्नेटरले क्याच आउट गराएका थिए।

यसअघि तेस्राे विकेटकाे रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएकाे थियाे। ऐरी २३ औं ओभरको तेस्रो बलमा शून्य रनमा आउट भएका थिए। उनी मोहम्मद नादेमको बलमा फाइन लेग क्षेत्रमा बिलाल खानकाे हातबाट क्याच आउट भए।  

नेपालले १५ औं ओभरको पहिलो बलमा सुवास खकुरेललाई पहिलो विकेटका रुपमा गुमाएको थियाे।

ओपनर सुवास १ चौकाको मद्दतमा २२ रनमा खेलिरहेका थिए। सुवासलाई ओमानका मोहम्मद नादेमले आउट पवेलियन फर्काएका हुन्। उनले पहिलो विकेटका लागि ज्ञानेन्द्रसँग ४८ रनको साझेदारी गरे।

प्रकाशित मिति: : 2020-02-10 00:47:20

प्रतिकृया दिनुहोस्