ठाकुरराम क्याम्पसका प्राध्यापकहरु धर्नामा उत्रिए

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापकहरु सम्पूर्ण कक्षा बहिस्कार गरेर धर्नामा बसेका छन्। उचित पारिश्रमिक नपाएको भन्दै क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकहरु धर्नामा बसेका हुन्। 

एक शुत्रिय मागसहित करारमा जागिर हुनु पर्ने भन्दै २ दिनदेखी क्याम्पसको मुल गेटमा धर्नामा बसेका कारण अहिले क्याम्पसको पठनपाठन पूर्ण रुपमा ठप्प भएको छ। विगत लामो समयदेखी क्याम्पसका कार्यरत भएपनि जागिर सुनिश्चत नभएको र न्यूनतम पारिश्रमिक समेत नतोकिएकाले आफूहरु आन्दोलित भएको आंशिक प्राध्यापक संघका सदस्य नारायण मेहताले बताए। 

अहिलेसम्म क्याम्पस प्रशासनबाट दैनिक कक्षा संचालन गरे वापत वर्षको २ पटक मात्र पेश्कि पाउने गरेको उनले बताए। ‘हामीहरुले दैनिक कक्षा संचालन गरे वापत वर्षको २ पटक मात्र पेश्कि पाउने गर्छाैं,’उनले भने,’अब हाम्रो माग भनेको न्यूनतम महिनावारी तलब पाउनुपर्छ भन्ने हो।’ 

विगत लामो समयदेखि  पारिश्रमिक नपाउदा क्याम्पस प्रशासन लगायत सरोकारवाला पक्षलाई ज्ञापन पत्र मार्फत जानकारी गराएको समेत उनले बताए। ‘पारिश्रमिक नपाउदा क्याम्पस प्रशासन लगायत सरोकारवाला पक्षलाई ज्ञापन पत्र मार्फत जानकारी गराएका थियौं,’उनले भने,’हामीहरुको समस्यामा कुनै सुनुवाई नभएको कारण धर्नामा उत्रिनु पर्यो।’

त्रिभुवन विश्वविद्यालयको प्रावधान अनुसार आफुहरुलाई करारमा नियुक्त गर्ने तथा उचित पारिश्रमिकको माग पुरा नभएसम्म धर्ना जारी नै रहने प्राध्यापकहरुले बताएका छन्।
 

प्रकाशित मिति: : 2020-02-14 03:48:13

प्रतिकृया दिनुहोस्