
डा. जगतकुमार भुसाल
करिब १७२ वर्षअगाडिको नक्सा लिपुलेकलाई नै गलत ठाउँमा अर्थात् कुन्लस पर्वतको ठाउँमा देखाई करिब १५५ वर्षअगाडिको नक्सामा काली नदीको नामै परिवर्तन गरी र करिब १४१ वर्षअगाडि कालापानी (लिपु) खोलालाई काली नदी नाउँ दिई नक्साबाट अतिक्रमणको थालनी भएको देखिन्छ। सोही कुनियतको निरन्तरताको परिणाम हो– नेपाल–भारतबीच रहेको लिम्पियाधुरा–लिपुलेक विवाद।
पश्चिमी सिमाना झन्डै काँगडा–सतलज रहेको नेपालले सुगौली सन्धि– १८१६ को धारा ५ मा नेपालले राजाले काली नदीपश्चिमको भूभागको दाबी छाड्ने सहमतिबाट नेपालको पश्चिमी सिमाना काली नदी रहेको हो। सुगौलीको सन्धिमा काली नदी सीमा मानेलगत्तै २ जनवरी १८१६ मा इस्ट–इन्डिया कम्पनीले प्रकाशित गरेको नक्साले तत्कालीन ब्रिटिस–इन्डियाका गभर्नर हेस्टिङले बेलायतमा लेखेको गोप्य पत्रको भनाइलाई नक्सामा देखाइएको छ (नक्सा– १)। त्यस समयमा म्यापिङ नक्सा विज्ञान प्रविधिको विकास आजको जतिको उन्नत थिएन। त्यसैले सानो स्केलको नक्सामा मुख्य काली नदीको माथिल्लो नदी खण्ड र ससाना गाउँ–स्थान, हिउँ र हिमनदी भनी पोतिएका रंग क्षेत्रभित्र पर्न गएका छन्। सो क्षेत्रमा लिम्पियाधुरा, कुन्लस, लिपुलेक पर्वत र कुटी, नाबी, गुन्जी, कावा, छाँरुङ, रनकिमो, नेपालछु, गाब्र्याङ, बोडी, गालालगायतका ठाउँ परेका छन्।
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
कांग्रेसभित्र महाभारतका पात्रः को दुर्योधन, को अर्जुन?
हामी नेपाली सोझा कि मूर्ख?
कहाँ पुर्याउला जनार्दन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया