विप्लव समूहका सुनसरी जिल्ला इन्चार्ज पुनः पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सुनसरी जिल्ला इन्चार्ज लक्ष्मण पौडेल सोमबार पुनः पक्राउ परेका छन्।

जिल्ला अदालतमा कागजी पक्रिया पूरा गरी दिउँसो ३:३० बजे गेटबाट बाहिरिएका पौडेललाई सुरक्षार्थ खटिएको प्रहरी टोलीले पुनः पक्राउ गरेकाे हाे। पक्राउ गरेलगत्तै प्रहरीको उनलाई जिप्रका लगिएको थियो।

बम विस्फोटन, सार्वजनिक यातायात आवागमनमा अवरोध र व्यक्तिको घरमा बम राखेको गरी जिल्ला अदालतमा तीन वटा मुद्दा खेपिरहेका पौडेललाई अदालतले दुई मुद्दामा धरौटीमा रिहा गर्नु र एक मुद्दामा पुर्पक्षका लागि थुनामा राख्नू भन्ने आदेश गरेपछि उनी त्यसविरुद्ध सर्वोच्चमा पुगेका थिए।

अदालतको रिट निवेदक पौडेलको हकमा विनोद श्रेष्ठले फागुन ७ गते जिल्ला प्रहरी कार्यालयसमेत भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनअनुसार सर्वोच्चले फागुन ८ मा थुनामुक्त गर्न भन्दै जिल्ला कारागार उदयपुरलाई परिपत्र गरेको थियो।

रिटमा ०७६ असोज ७ गते सुनसरी जिल्लामा पक्राउ परेका पौडेललाई दुई महिनासम्म हिरासतमा राखी सुनसरी अदालतबाट २५ हजार धरौटीमा रिहा भएलगत्तै सोही दिन पक्राउ गरी पुनः झापा लगिएको बताइएको छ। झापा अदालतले पनि एक लाख धरौटीमा रिहा गरेलगत्तै पुनः सवारी आवागमनमा अवरोध पुर्‍याएको भन्दै झापामै पक्राउ गरी राखिएकामा अदालत २५ हजार धरौटीमा रिहा गरेपछि पुनः सुनसरी प्रहरीले पक्राउ गरेको उल्लेख गरिएको छ।

सुनसरीबाट साधारण तारेखमा रिहा भएका उनलाई उदयपुर ल्याएको रिटमा उल्लेख छ। सर्वोच्चको आदेश पाएको ६ दिनपछि कारागारले पौडेललाई जिल्ला अदालतमा उपस्थित गराई रिहा गरेको हो। 
 

प्रकाशित मिति: : 2020-02-26 02:35:51

प्रतिकृया दिनुहोस्