बिएल संवाददाता
नेपाली फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले कोरोनाविरुद्ध एकजुट भई लड्न अपिल गरेकी छन्।
साम्बाले विश्वभर नै कोरोना महामारीको रुपमा फैलिएको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सरकारी निर्णयको पालना गर्ने, आधिकारिक निकायको सूचनामा विश्वास गर्ने र अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गरेकी छिन्। उनले आफ्नो परिवारको ख्याल राख्न र हात धुनसमेत आग्रह गरेकी छिन्।
‘कोरोना भाइरसको कारणले विश्वमा आइपरेको महामारीले सबैलाई सोच्न बाध्य बनाइसकेको छ। यसबाट सयौँ मानिसको मृत्यु भइसकेको छ। नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको मध्यनजर गर्दै सावधानीका लागि सरकारले आग्रह गरेको छ। हामी सबैले सरकारको निर्देशन पालना गरौं’ साम्बाले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश मार्फत भनेकी छन्।
यस्तै घरमै सुरक्षित साथ बस्ने र कोरोना विरुद्ध गोल गर्नुपर्ने उनको भनाई छ। ‘स्टे काम, स्टे सेप, स्टे होम, लेट्स स्कोर गोल एगेन्स्ट कोरोना।’
उनले आधिकारिक निकायको सूचनामा मात्र विश्वास गर्न र अनावश्यक हल्लाको पछि लागेर आतंकित नबन्न पनि आग्रह गरेकी छन्।
यसअघि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउण्डर पारस खड्काले पनि कोरोनाविरुद्ध एकजुट भएर लड्न सबैलाई आग्रह गरेका थिए।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै खड्काले घरमै बसेर सरकारको निर्णय पालना गर्न र अत्यावश्यक समय बाहेक अरु बेला घरबाहिर ननिस्कन आग्रह गरेका छन्।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया