बिएल संवाददाता
नेपाली फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले कोरोनाविरुद्ध एकजुट भई लड्न अपिल गरेकी छन्।
साम्बाले विश्वभर नै कोरोना महामारीको रुपमा फैलिएको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सरकारी निर्णयको पालना गर्ने, आधिकारिक निकायको सूचनामा विश्वास गर्ने र अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गरेकी छिन्। उनले आफ्नो परिवारको ख्याल राख्न र हात धुनसमेत आग्रह गरेकी छिन्।
‘कोरोना भाइरसको कारणले विश्वमा आइपरेको महामारीले सबैलाई सोच्न बाध्य बनाइसकेको छ। यसबाट सयौँ मानिसको मृत्यु भइसकेको छ। नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको मध्यनजर गर्दै सावधानीका लागि सरकारले आग्रह गरेको छ। हामी सबैले सरकारको निर्देशन पालना गरौं’ साम्बाले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश मार्फत भनेकी छन्।
यस्तै घरमै सुरक्षित साथ बस्ने र कोरोना विरुद्ध गोल गर्नुपर्ने उनको भनाई छ। ‘स्टे काम, स्टे सेप, स्टे होम, लेट्स स्कोर गोल एगेन्स्ट कोरोना।’
उनले आधिकारिक निकायको सूचनामा मात्र विश्वास गर्न र अनावश्यक हल्लाको पछि लागेर आतंकित नबन्न पनि आग्रह गरेकी छन्।
यसअघि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउण्डर पारस खड्काले पनि कोरोनाविरुद्ध एकजुट भएर लड्न सबैलाई आग्रह गरेका थिए।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै खड्काले घरमै बसेर सरकारको निर्णय पालना गर्न र अत्यावश्यक समय बाहेक अरु बेला घरबाहिर ननिस्कन आग्रह गरेका छन्।
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
अमेरिकाको पहिलो निशानामा १,३५६ नेपाली
दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया