
एजेन्सी
कोराना भाइरसको संक्रमणबाट हंगेरीमा एकजना बेलायती कूटनीतिज्ञको मृत्यु भएको छ। बेलायती विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार हंगेरीको राजधानी बुडापेस्टमा रहेको बेलायती दूतावासमा कार्यरत ३७ वर्षीय स्टिभन डिकको मृत्यु भएको हो।
दूतावासमा ‘डेपुटी हेड अफ मिसन’ का रुपमा कार्यरत स्टिभनको मृत्यु मंगलबार भएको बेलायती विदेश मन्त्रालयले जानकारी दिएको छ।
स्टिभन गत हप्तादेखि अस्वस्थ भएको र स्वास्थ्य परीक्षण गराउँदा कोरोनाको संक्रमण देखिएको थियो।
हंगेरीमा उनी बेलायती राजदूत आयन लिन्ड्सेको प्रमुख सल्लाहकारको जिम्मेवारी सम्हाल्दै आएका थिए। सन् २००८ मा बेलायती विदेश सेवामा आबद्ध भएका स्टिभनले साउदी अरब र अफगानिस्तानमा रहेका बेलायती दूतावासमा पनि काम गरेका थिए।
बेलायतका अहिलेसम्म कोरोनाबाट ९ हजारभन्दा बढी संक्रमित भएका छन् भने ४६५ जनाको मृत्यु भएको छ। त्यस्तै हंगेरीमा २६१ जना संक्रमित हुँदा १० जनाको मृत्यु भएको छ।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया