बिएल संवाददाता
कोरोना भाइरसको त्रासले काम गर्न आएका २२ नेपाली मुम्बईमा अलपत्र परेका छन्। काम गर्ने होटल बन्द भए पछि ती नेपालीहरु बिचल्लीमा परेका छन्।
एक सताअघि मात्रै मुम्बई आएर काममा लागेका दैलेख भैरवी गाउँपालिकाका मेहन्द्र न्यौपाने मुम्बई बदलापुरको एक चाइनीज होटलमा किचन हेल्पर र भाडा माझ्ने काम गर्थे। १९ वर्षिय न्यौपाने पहिलो पटक मुम्बई आएका हुन्। उनलाई न हिन्दी, न त मराठी भाषा नै आउँछ। आफू मुम्बईका लागि नयाँ भएको उनले बताए।
उनले बिएल नेपाली सेवासँग कुरा गर्दै आफू पराई देशमा अलपत्र परेको बताए।
‘हामीलाई घरै पुर्याउनुपर्छ भन्ने होइन। नेपाल सरकारले हामीलाई यहाँ बस्ने वातावरण मिलाइदेओस’, उनले भने,
‘अहिले हामीमा कोरोना भाइरसको संक्रमण छ भने चेक जाँच गरेर कि त घर पठाउनुपर्छ। होइन भने यो अर्काको देशमा हामी के गर्ने। न यहाँको भाषा आउँछ। त्यसैले भारत सरकारसँग कुरा गरेर हामीलाई खाने बस्ने व्यवस्था गरिदिएको भए हुन्थ्यो।’
आफूले काम गर्ने होटलमा मालिकले सटर लगाएर हिँडेपछि उनी अलपत्र परेका हुन्। केही दिन मात्रै काम गरेको पैँसा पनि नपाएको उनले गुनासो गरे।
उनले नेपाल सरकारले सक्ने भए हामीलाई हाम्रै गाउँमा बा आमासँग भेट्टाइदेओस् होइन भने यही खाने बस्ने व्यवस्था गरिदेओस् भनि माग गरेका छन्।
दिल्लीमा रहेको नेपाली दूतावासले पनि आफूहरूलाई वेवस्था गरेको उनले गुनासो गरे।
साथिले दूतावासको नम्बर दिएर कयौं पटक फोन सम्पर्क गर्दा पनि दूतावासले कुनै रेस्पोन्सनै नगरेको उनले बताए।
‘यहाँ भएको दूतावासले पनि केही गरेन। कति पटक फोन सम्पर्क गर्यौ। तर, अह! फोनै उठ्दैन। हामी के गर्ने यो विरानो मुलुकमा?’
महेन्द्रसँगै २२ जना नेपालीहरू कोरोनाको मारमा परेका छन्।
आफूहरू बिचल्लीमा दिल्ली राजदूताबासमा पटक–पटक फोन गर्दा पनि नउठाएको उनीहरुले गुनासो गरे। ‘नेपाल सरकार छ कि छैन, दूतावासले फोनै उठाउँदैन। हामीहरु कहाँ बस्ने, के खाने कतिदिन यसरी रोएर बाँच्ने’ – उनीहरु भन्छन्।
आफूहरूलाई घरसम्म पुर्याइदिए, गाउँमा भएको जग्गा बेचेर भए पनि पैसा दिने महेन्द्र न्यौपाले बताए। सरकारले देशमा लिएर १ महिनासम्म राखे पनि आफूहरु बस्न तयार भएको लोकेश ढकालले बताए। ‘सरकारले नेपालको जुनसुकै ठाउँमा लिएर राखे पनि हामीहरु बस्न तयार छौं,’ उनले भने।
भारत सरकारले कोरोना नियन्त्रणका लागि धारा १४४ लागू गरेपछि भारतका सबै शहरहरु सुनसान बनेका छन्। मानिसहरु घर बाहिर निस्किन सक्ने अबस्था छैन। होटल, विद्यालय, कलकारखाना बन्द हुने यी क्षेत्रमा काम गर्ने लाखौं नेपालीहरु बढि मारमा परेका छन्।
अलपत्र पर्नेहरू:
महेन्द्र न्यौपाने, निरक तोलांगी, कमल गन्धर्भ, केशव सुनार, यज्ञ बहादुर, नरेन्द्र साउद, हरिकला सुनार, केशवराज सोनी, लोकेश ढकाल, दर्शन शर्मा, रामु साउद, करन साउद, निरुता शाही, सरस्वती तोलांगी, निर्मला तोलांगी, विष्णु तोलांगी, बखत सान्गाइ, बखत तोलांगी, टोप शर्मा, दिपक कुमार, केशव माझकोटी, बिन्दु मगर, प्रकाश रिजाल, गणेश शर्मा, राजन जैशी, कृष्ण खड्का, केशव रोकाया, कमल तोलांगी।
यो पनि हेर्नुहोस्
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया