आइतबार, २१ सेप्टेम्बर २०२५

कोरोनाविरुद्ध लड्न अक्षयले दिए २५ करोड

News Image
• • •

बलिउड स्टारले अभिनेता अक्षय कुमारले  सरकारले घोषणा गरेको राहत कोषमा आफ्नोतर्फबा  २५ करोड भारतीय रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

शनिबार अक्षयले आफ्नो अफिसियल ट्वीटरमार्फत् ट्वीट गर्दै लेखेका छन्, ‘यो समय जनताको जीवन रक्षाको समय हो र सबैले सकेजति केही गर्नुपर्ने समय पनि हो। त्यसैले म मेरो बचतबाट २५ करोड प्रधानमन्त्री राहत कोषमा सहयोगको घोषणा गर्दछु।’

यसैगरी सरकारले घोषणा गरेको राहत कोषमा अन्य अभिनेताहरूमा प्रभासले १ करोड, महेश बाबुले १ करोड रूपैयाँ राहत कोषमा जम्मा गर्ने भएका छन्। त्यस्तै अर्का अभिनेता पवन कल्याणले पनि राहत कोषमा १ करोड सहयोग गर्ने घोषणा गरिसकेका छन्।

यसरी संकटको घडीमा सरकारको राहत अभियानमा ठूलो आर्थिक सहयोगसहित उपस्थिति जनाउने फिल्मकर्मीहरूमा राम चरण, एकता कपुर, कियारा आडवाणी, भूमि पेडनेकर, सिद्धार्थ मल्होत्रा पनि समावेश छन्।
 

आइतबार, चैत्र १६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)