
तेजन खड्का
लकडाउनको आठौं दिन पूर्वी नेपालका प्रमुख शहरहरू सुनासान देखिएका छन्। सर्वाधिक व्यस्त हुने महेन्द्र राजमार्गले छुने सुनसरीको इटहरी, मोरङको विराटचौक, बेलबारी, बेतना, लक्ष्मीमार्ग, भाउन्ने, कानेपोखरी, पथरी, उर्लाबारी, दमक, विर्तामोडलगायत सबै ठाउँहरू सुनसान छन्।
सडकमा अत्यावश्वक एम्बुलेन्स र पास लिएर चलेका सवारीबाहेक अन्य कुनै पनि सवारी र साधन छैनन्। स्थानीय मानिसहरू पनि घर बाहिर निस्किएका छैनन्।
अत्यावश्यक खाद्यान्य र तरकारीका पसलहरू बिहान र बेलुका निश्चित समयका लागि खुला हुने गरेको छ। औषधि पसल बाहेक अन्य कुनै पनि बजार पसल खुलेका छैनन्। पर्यटकीय स्थानहरू बेतना, गोकुलम, गोकर्ण लगायत सबै सुनसान छन्।
अनावश्यक रूपमा सडकमा निस्कने जो कोहीलाई सुरक्षाकर्मीले सम्झाई बुझाई घर फर्काउने गरेका छन् भने नमान्नेलाई कारबाहीसमेत गर्ने प्रहरीले जनाएको छ।
पूर्वी नेपालका ग्रामिण क्षेत्रका सडक पनि सुनसान छन्। अधिकांश स्थानीय आफ्नै घर बारीमा व्यस्त छन्।
हेर्नुहोस् पूर्वी नेपालमा लकडाउन यस्तो रह्यो आठौं दिन
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया