हजारौं वर्षदेखि झेल्दै आएको अभाव र अनिश्चयको नयाँ रूप

सेतोपाटी

काठमाडौँ

मुराहरि पराजुली

तपाईं दाहिने वा देब्रे जुनसुकै कित्ताका अर्थशास्त्री भए पनि मान्छेले झेल्दै आएका दुइटा समस्या हल नगरी सुख छैन- अभाव र अनिश्चय।

अर्थशास्त्रले सम्बोधन गर्नुपर्ने मूल समस्या यिनै दुइटा हुन् भन्ने कोरोना भाइरसको प्रभावले फेरि प्रकाशमा ल्याएको छ।

आइआइटी, मद्रासका प्राध्यापक शिवकुमारले यसबारे राम्रो व्याख्या गरेका छन्। उनी भन्छन, 'एउटा चरो प्रत्येक दिन खानाको खोजीमा गुँडबाट बाहिर निस्कन्छ। खानाको खोजीमा निस्केका सबै चरा सकुशल गुँडमा फर्किन्छन् भन्ने निश्चित हुँदैन। यो चराको गुँडमा खानाको अभावले निम्त्याएको समस्या हो। यसमा अभाव र अनिश्चय जोडिएर आएका छन्।'

त्यो चराजस्तै हामी मान्छेले झेल्दै आएको समस्याको चरित्र पनि भिन्न छैन।

प्रकाशित मिति: : 2020-04-05 18:54:21

प्रतिकृया दिनुहोस्