 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                अमेरिका संसारमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित देश हो। अहिले यहाँ कोही व्यक्ति सोसल मिडियामा २–३ तीन एक्टिभ भएन भने आफन्तहरू डर मान्ने गर्छन। मनमा अनेक कुरा खेल्न थाल्छ, ‘ला! कोरोनाको संक्रमणले उसलाई पनि समात्यो कि भनेर’
अमेरिकामा पनि न्युयोर्क कोरोनाबाट सबैभन्दा बढी प्रभावित शहर हो। यहाँ सबैभन्दा बढी मानिसको ज्यान गइसकेको छ। 
यही शहरमा विगत केही वर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेकी छिन्, तारा भट्टराई। जसको नेपालमा पूर्वी पहाडको पाँचथरस्थित फालेफुङ गाउँपालिका वडा नम्बर–३ मा घर छ। उनी ४ वर्षअघि अमेरिका प्रवेश गरेकी हुन्। नेपालमा हुँदा पत्रकारिता पेशामा खुब सक्रिय थिइन। तर, अमेरिका प्रवेश गरेसँगै उनलाई पत्रकारिता पेशाले मात्र जीवन धान्न सकिन्न भन्ने लाग्यो। र, वैकल्पिक बाटो खोज्न थालिन्। 
 यसै क्रममा उनले अमेरिकामा २ वर्षे नर्सिङ कोर्ष गरिन् र हाल न्युयोर्कमा घरविहिन तथा अपाङ्गता भएका मानिसको सेवामा संचालित कम्युनिटी सेन्टरमा काम गर्छिन्। उनीे अमेरिकी माझ ‘नेपाली तारा’ को उपनामल परिचित छिन्।
यसै क्रममा उनले अमेरिकामा २ वर्षे नर्सिङ कोर्ष गरिन् र हाल न्युयोर्कमा घरविहिन तथा अपाङ्गता भएका मानिसको सेवामा संचालित कम्युनिटी सेन्टरमा काम गर्छिन्। उनीे अमेरिकी माझ ‘नेपाली तारा’ को उपनामल परिचित छिन्। 
कोरोना भाइरसका कारण अहिले उनको जिवनी नै बदलिएको छ। पहिले उनको काम सहज थियो। तर, न्युयोर्कमा कोरोनाका संक्रमित बढेसँगै उनलाई भ्याइनभ्याई छ। ‘लकडाउन’ का कारण अमेरिकामा अन्य पेशामा आवद्ध नेपालीहरू कोठामा थुनिएर बसेका छन्। तर, तारालाई संक्रमणको जोखिम मोल्दै १८ घण्टा काममा खटिनुपर्ने बाध्यता छ।
‘मैले यही पेशा रोजे। त्यसैले भाग्न मिल्दैन,’ आत्मविश्वासी ताराले भनिन्, ‘म मामाघरमा हुर्किएकी हुँ। मामामाइजीले रुँदै नेपाल फर्क भन्नुहुन्छ। तर, यस्तो अवस्थामा अमेरिका छोडेर कसरी घर फर्किन सक्छु?’
तारा २ महिनाको हुँदा बुवाको देहान्त भएको थियो। उनलाई आफ्नो बुवाको अनुहार याद हुने कुरै भएन। मामामाइजुले नै उनलाई माया गरेर हुर्काएका हुन्। त्यसैले मामामाइजुमा नै बुवाआमाको अनुहार देख्छिन्।
 अमेरिकामा संक्रमितको चाप बढेका कारण अस्पतालको बेडदेखि स्वास्थ्य सामाग्रीको पनि अभाव देखिन थालेको छ। यस्तो अवस्थामा उनीलगायत थुप्रै नर्सले एउटै मास्क धोएर बारम्बार लगाउनु पर्ने बाध्यता छ।
अमेरिकामा संक्रमितको चाप बढेका कारण अस्पतालको बेडदेखि स्वास्थ्य सामाग्रीको पनि अभाव देखिन थालेको छ। यस्तो अवस्थामा उनीलगायत थुप्रै नर्सले एउटै मास्क धोएर बारम्बार लगाउनु पर्ने बाध्यता छ। 
‘प्रायः संक्रमितसँगै घेरिएको हुन्छौं। रातभरी टाउको दुख्छ तर के गर्नु बिहान काममा जानै पर्यो,’ उनले बाध्यता सुनाइन। 
उनी काम गर्ने ठाउँमा अपाङ्ता भएका, परिवारले वेवास्था गरेका अलपत्र, दुर्घटनामा अंगभंग भएका र विभिन्न रोगले थलापरेका व्यक्ति आउने गरेकाले कोरोना संक्रमणको जोखिम उच्च छ। 
केही समयअघि सेन्टरमा किड्नीले काम गर्न छोडेर डायलसिस गर्न आएका एक व्यक्तिलाई पहिलो कोरोनाको संक्रमण पुष्टी भएको थियो। यसपछि पुरै कम्युनिटी सेन्टरमा खैलाबैला मच्चियो। ‘ती व्यक्तिबाट अरु बिरामीमा संक्रमण सर्यो’, उनले दुःखी हुँदै भनिन्, ‘यहाँबाट अन्य अस्पतालमा पठायो। कोरोनाका कारण मृत्यु भयो भन्ने खबर सुन्दा निरास हुन्छु।’
२५ मार्चमा उनी कामबाट थाकेर लोत भएर घर फर्किदै थिइन। सँगैको फ्लाटमा सुनील जोशी नाम गरेका अर्का नेपाली ज्वरोले थलिएका रहेछन्। अस्पतालमा फोन गर्दा उसले कोरोना संक्रमणको परीक्षण गर्न आउनु पर्दैन, लक्षणले कोरोना नै भएको देखाउँछ। घरमै ‘सेल्फ आइसोलेसन’ मा बस्नु भनेर फोन राखिदियो।
यो घटनाले अमेरिकामा अहिले अस्पतालको अवस्था कस्तो छ भनेर चित्रण गर्छ। अहिले ताराका लागि ती नेपालीको रेखदेख गर्ने जिम्मेवारी पनि थपिएको छ। उनी एकाबिहान ४ बजे उठ्छिन् र आफन्तका लागि खान तयार पार्छिन्। साढे ६ बजे उनलाई काममा पुगिसक्नु पर्ने बाध्यता छ।
उनले सेवा दिएको थुप्रै मानिस कोरोनाका कारण मरिसकेका छन्। पछिल्लो समय त व्यवस्थापनले पनि जानकारी दिन छोडिसकेको छ। उनको हिसाबमा ४ सय ५० भन्दा बढीको निधन भइसकेको छ। भन्छिन्, ‘सेन्टरबाट हामी दिनमा ३–४ जना सिकिस्त बिरामी अस्पताल पठाउँछौं। यसमा थोरै मात्र बाँचेर फर्किएका छन्।’
तारासँगै कामगर्ने तीन नर्समा कोरोनाको संक्रमण फेला परिसकेको छ। यति बेला उनीहरू आइसीयूमा भर्ना छन्। भगवानको कृपाले आफू भने अझैसम्म जोगिएको उनको भनाई छ। तर, कति बेला के हुन्छ, त्यो भन्न नसकिने उनी बताउँछिन्। तर, आफूले हेरविचार गरेको छेवैको नेपालीको स्वास्थ्यमा सुधार आएकोमा उनी यति बेला प्रसन्न छिन्। 
 
 
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया