बिएल संवाददाता
देशको पश्चिमेली क्षेत्रकाे सबैभन्दा अन्तिम सदरमुकाम दार्चुलाको खलंगाको ठिक पारी भारतीय भुमिमा एक हजार ६ नेपालीले शरणार्थीकाे जीवन बाँच्न बाध्य भएकाे दुई साता बित्न लागिसकेकाे छ।
भारतले आफ्नो जिम्मामा लिएका यी नेपालीलाई छोडने हो भने ‘लकडाउन’ यता सयौं नेपाली महाकालीमा डुंगा र टयुवबाट तरेर धमाधम आफ्नो घर पुगिरहेका छन्। जसमध्ये थोरै मात्र स्थानीय प्रशासनको नजरमा परेपछि क्वारेन्टाइनमा राखिएकाे छ। यसरी ज्यानै जोखिममा राखेर आउने नेपालीले गाउँतिर अरुको ज्यान असुरक्षित बनाएका छन्।
कैलाली लम्कीका कोरोना संक्रमित राज कोली नेपाल भित्र्दा एक हजारको भीडमा स्वदेश फिरेका थिए। हाल दार्चुलाका ३४ मध्ये १५ जना सम्बन्धित गाउँपलिकाको क्वारेन्टाइनमा र १९ जना ‘होम क्वारेन्टाइन’ मा बसेका छन्। यसरी होम क्वारेन्टाइनमा बसेकामध्ये सबैभन्दा बढी ९ जना सदरमुकामक महाकाली नगरपालिकाकै स्थानीय छन्। दार्चुलामा सबैभन्दा बढी त्रास स्थानीयलाई उनीहरु बाटै छ।
बुधबार मात्र ३९ जना नेपाली कालीको जडनी र बेतबाट नदीतर्दै नेपाल पसेका थिए। दुबै नाकाबाट भित्रिनेहरुमा दार्चुला, बैतडी र बझाङका नागरिक छन्। अहिले उनीहरुलाई मलिकार्जुन गाँउपालिकाको नियन्त्रणमा राखेरसम्बन्धित गाउँमा पठाउने पहल भइरहेको छ।
सर्बोच्च अदालतले सीमामा रोकिएका नागरिकले घर फर्कन चाहे फर्किन दिने र क्वारेन्टाइनको व्यवस्था गर्न आदेश दिए पनि सीमा क्षेत्रमा यसबारे कुनै पहल भएको छैन। दार्चुलामा मात्रै लकडाउनयता दैनिक १० देखि १५ नेपाली यसरी भित्रिरहेका छन्। यस्तै हालत छिमेकी बैतड, डडेल्धुरा र कञ्चनपुरको पनि छ। सीमापारीबाट जसरी भए पनि घर पुग्ने हतारमा छन्, नेपालीहरु।
दार्चुलामा यसरी भित्रिने नेपाली बढेपछि सशस्त्र प्रहरीले विभिन्न सात ठाउँमा आफ्नो गस्ती बढाएका छन्। दार्चुलामा खासगरी सदरमुुकाम खलंगा, मलिकार्जुन गाउँपालिका, शैल्यशिखर गाँउपालिका, अपी गाँँउपालिकामा भारतबाट आउनेको बढी चाप छ। बैतडीमा महाकाली किनारको तल्लो स्वराड क्षेत्रका गाँउ र नगरपलिका लगायत पुर्चौडी क्षेत्रमा भारतबाट आउने बढी छन्।
डडेल्धुराको परशुराम नगरपालिका र कञ्चनपुरको कालीपारीको महाकाली नगरपालिकामा उनीहरुको चाप बढी छ। बझाङमा बुंगललगायत सम्पूर्ण गाउँ र नगरपालिका भारतबाट फर्किएका नेपालीबाट भरिएका छन्। दार्चुला सदरमुकाममा मात्रै काली तरेर आएका यस्ता २७ जनालाई महेन्द्र नमुना उच्च माविको भवनमा क्वारेन्टाइनमा राखिएको छ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार जिल्लाभरी बिहीबारसम्म २ सय ५० जना क्वारेन्टाइनमा राखिएको छ।
पारीतिर रहेका १ हजार ६ जना नेपालीबारे केन्द्रमा कुरा भइरहेको र अहिलेसम्म कुनै निर्णय नआएको उनले बताए। सीमापारी धार्चुलामा रहेका नेपालीबारे दबाव बढ्दै गएपछि बुधबार मात्र दार्चुलाका प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्ना, बझाङका भैरबबहादुर सिंह र बैतडीका दामोदर भण्डारीका आँखा खुलेका छन्। कोभिड–१९ रोकथाम उच्चस्तरीय समिति संयोजक रक्षा तथा उप प्रधानमन्त्री इश्वर पाेखरेलसमक्ष दार्चुला र बैतडीका सीमा रोकिएका नेपालीको व्यवस्थापन गर्न पत्राचार गरेका छन्। रोकिएका सर्वाधिक नेपाली यी तिनै जिल्लाका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया