अमेरिका कोरोना संक्रमितमा विश्व रोल नम्बर १, मृतक संख्यामा पनि रोल नम्बर २ !

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिका कोरोना संक्रमित संख्यामा त विश्व रोल नम्बर १ थियो नै अब मृतक संख्यामा पनि त्यही दिशामा तिब्रगतिमा अगाडि बढेको छ। यो समाचार लेखिरहेको बेला पूर्वीसमयअनुसार बिहीबार अपरान्ह ४ बजे अमेरिकामा मृतक संख्यामा दोस्रो स्थानमा उक्लिएको छ। उसले शीर्ष स्थानमा रहेको इटालीलाई पछ्याइरहेको छ भने दोस्रो स्थानमा रहेको स्पेनलाई उछिनेर तेस्रोमा ठेलिदिएको छ।

पछिल्लो  तथ्यांकअनुसार अमेरिकामा १६,३१२ को मृत्यु भएको छ भने इटलीमा १८,२७९ र स्पेनमा १५,२३८ को मृत्यु भएको छ। यो समाचार प्रकाशन भएकै  बेला त संख्या फरक पर्न सक्छ किनकि मिनेट-मिनेटमा मृतकको संख्या थपिइरहेकै हुन्छ।

अमेरिकाका कोरोनासँग सम्बन्धित कुनै पनि तथ्यांक प्रिय छैनन्। सम्भवत: यो साता मृतकको संख्यामा पनि इटलीलाई जितेपछि अमेरिका कोरोनासँग सम्बन्धित सबै तथ्यांकमा विश्व रोल नम्बर १ हुने निश्चित छ। यद्यपि, राष्ट्रपति ट्रम्प मृतकको संख्या एकलाख भन्दा कममै रोक्न सकिने सम्भावना बढ्यो भन्दै 'फेन्टास्टिक' भन्न छोडेका छैनन्। 

अमेरिकामा पछिल्लो २४ घण्टामा न्युयोर्कमा मात्र ७९९ न्युयोर्करको ज्यान गएको छ। केही दिनयता न्युयोर्कमा संक्रमितको संख्यामा झिनो मात्रामा कमी आए पनि मृतकको संख्या भने बढेकै छ। न्युयोर्क र आसपासको क्षेत्र नै अहिले अमेरिकामा कोरोना भाइरसको इपिसेन्टर बनेको छ। 

यसैबीच अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेर  चारलाख ५८ हजारभन्दा पनि उकालो लागेको छ। यसमध्ये नौ हजार आठसय १३ को गम्भीर अवस्थामा उपचार भैरहेको छ। 

अमेरिकामा कोरोना भाइरसलाई जित्नेको संख्या बढेर २४ हजार नौसय १० पुगेको छ। यो संख्या केही बढे पनि आशातित मात्रामा बढेको देखिएको छैन। 

अमेरिकाका कोरोनासँग सम्बन्धित कुनै पनि तथ्यांक प्रिय छैनन्। सम्भवत: यो साता मृतकको संख्यामा पनि इटलीलाई जितेपछि अमेरिका कोरोनासँग सम्बन्धित सबै तथ्यांकमा विश्व रोल नम्बर १ हुने निश्चित छ। यद्यपि, राष्ट्रपति ट्रम्प मृतकको संख्या एकलाख भन्दा कममै रोक्न सकिने सम्भावना बढ्यो भन्दै 'फेन्टास्टिक' भन्न छोडेका छैनन्।

प्रकाशित मिति: : 2020-04-10 01:52:59

प्रतिकृया दिनुहोस्